नवलपरासी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, चारजनाको सनाखत

ZEN Travels

नवलपरासी –

अरुणखोलामा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा गुल्मीको हस्ती चउरका ३५ वर्षका तिलक विष्ट, सुनसरीका ३४ वर्षका अबुल अन्सारी, मोरङको सुन्दर हरैचाका ११ वर्षका सोहम कार्की र भारत विहारका ५० वर्षका विद्यानन्द यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुईजनाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको हो । सुनसरीको इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस बिहान ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिका ११ अरुणखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये केही सामान्य उपचारपछि फर्किएको र केहीको भरतपुर अस्पताल र मनकामना पोलिक्निकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण दुर्घटना भएको घाइते यात्रुले बताएको पनि जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभयो । unn

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला