उराम खोरपोखरा गैराहर घुम्तीमा जीप दुर्घटना,४ घाईते १ जना मिसन अस्पताल पाल्पा

ZEN Travels

पर्वत ।
पर्वतको दक्षिण क्षेत्रको पैयूंकोटबाट हातेमालो चोक जाँदै गरेको लु १ ज २५५१ नम्बरको जिप विहादी गाउँपालिका ५ उराम खोरपोखरा गैराहर घुम्तीमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
उनीहरु मध्ये २ जनाको अवस्था गम्भीर छ । घाईतेको उद्धारमा हस्टपिटल पुगेको ईलाका प्रहरी कार्यालय हुवासले जानकारी गराएको छ । सो जीपमा ३४,३५ जना यात्रु रहेका थिए । क्षेमता भन्दा धेरै यात्रु वोकेका कारण दुर्घटना भएको स्थानीयले बताएको छन् ।
चाडपर्वको बेला ट्राफिक नियम उल्लङ्घन गर्दै क्षमता भन्दा धेरै यात्रु बोक्नु दुर्घटनाको मुख्य कारण रहेको भन्दै स्थानीय आक्रोस छन् ।
जीपका चालक नियन्त्रणमा रहेको प्रहरी ई.मत्रि वहादुर मल्ल बताएका छन् । उनका अनुसार यात्रुको संख्या धेरै हुदाँ जीप सडकको भित्तामा ठोकीन जाँदा दुर्घटना भएको हो ।
दुर्घटानामा सुमन अधिकारीको खुटा र ढाडमा चोट लागी पाल्पाको मिसन अस्पतालमा उपचारको लागि पु¥याईएको छ । दुर्गा वहादुर साहीको खुटामा चोट लागेको छ । यस्तै,सन्दिप पौडेलको हातमा चोट लागेको छ भने,राधिका वस्यालको मुख्मा चोट लागेको प्रहरी ईकाइले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला