एकबर्षमै ओलीको बोली फेरिएको काँग्रेस केन्द्रीय जोशीको टिप्पणी

ZEN Travels

पर्वत-

विजयादशमी तथा शुभदीपावली २०७५ को अवसर पारेर नेपाली काँग्रेस कुश्मा नगरपालिका वार्ड नं २ खुर्कोट वडा समन्वय समितिको आयोजनामा आज खुर्कोटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नेतृत्वको अदूरदर्शिताका कारण केन्द्र र जिल्लामा कांग्रेसको संगठन निकै कमजोर भएकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरूले काँग्रेस भावनात्मक रूपमा एक भएर संगठन सुदृढिकरण अभियानमा लाग्न नेतृत्वलाई सुझाव समेत दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले गाउँगाउँमा काँग्रेस पराजित मानसिकतामा बाँचिरहेको वताउँदै एउटा निर्वाचन हार्दैमा मनोबल कमजोर बनाउन जरूरी नरहेको धारणा राख्नुभयो । नेता जोशीले चुनाब जितेको एकबर्ष नपुग्दै ओलीको बोली फेरिएको वताउँदै जनतामा भ्रमको खेती गरेर प्राप्त गरेको सत्ता नेकपालाई घाँडो भएको दावी गर्नुभयो । उहाँले चुनाबअघि नेकपाका नेताहरूले रेल ल्याउने; नदीहरूमा पानीजहाज चलाउने; हावाबाट बिजुली निकाल्ने; वृद्धहरूलाई पाँचहजार घरघरमै ल्याएर वितरण गर्ने आश्वासनको आज आफ्नै कार्यकर्ताहरूबाट आलोचना शुरू भएको दावी गर्नुभयो ।

नेता जोशीले केपी ओलीको सत्ता अतिवादका कारण कम्युनिष्टहरू बिभाजनतर्फ उन्मुख भएको वताउँदै कम्युनिष्ट पार्टीमा ओली अतिबाद बढ्दै गर्दा हामी एक भयौंभने र आफ्नो घर बलियो बनाऔं र सांगठनिक अनुशासनमा बस्यौ भनेमात्र काँग्रेस फेरि पहिलो पार्टी हुने विस्वास व्यक्त गर्नुभयो । केन्द्रीय सदस्य जोशीले खुर्कोटसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको वताउँदै यहाँ आउँदा कहिल्यै पनि नेता भएर नआएको जानाकारी दिनुभयो । नेता जोशीले खुर्कोट भूमि र खुर्कोटबासी आफ्नालागि सँधै प्रिय रहेको धारणा राख्नुभयो । नेता जोशीले आफूले पदीय राजनीति नगरेपनि काँग्रेसका कार्यकर्ताहरूको संरक्षण गर्न र संगठन बलियो बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति तथा प्रतिनिधिसभा सदस्य लालकाजी गुरूङले काँग्रेसलाई सुधार्ने हो भने केन्द्रदेखि वडातहसम्म नेतृत्व गर्ने सबैले आफूबाटै सुधारको सुरूवात गर्नुपर्नेमा जोड दिनुभयो । सांसद गुरूङले एकले अर्कालाई दोषारोपण गरेर र अरूलाई हिलो छ्यापेर काँग्रेसको संगठन नबन्ने दावी गर्दै पूर्ण निष्ठा र ईमान्दारिताका साथ आत्मआलोचना गरेर अनुशासनपूर्वक काम गरे काँग्रेस बलियो पार्टी बन्ने ठोकुवा गर्नुभयो । त्यस्तै नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरूङले काँग्रेस आफ्नै कारणले चुनाबमा पराजित भएको वताउँदै अब आफैले आफैलाई हराउने प्रवृत्तिको अन्त्य हुन जरूरी रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख तथा नेका नगर सभापति रामचन्द्र जोशीले नेपाली काँग्रेसको गौरवशाली इतिहास हुँदाहुँदै पनि आफ्नो इतिहास र योगदानको वारेमा जनतालाई बुझाउन नसक्दा काँग्रेस कमजोर भएको दावी गर्नुभयो । त्यसैगरि नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले काँग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको वताउँदै सबै काँग्रेस विधि पद्दति र अनुशासनभित्र रहेर काम गरे पाँचबर्षमा काँग्रेस फेरि पहिलो पार्टी बन्ने विस्वास व्यक्त गर्नुभयो । त्यसैगरि नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले वर्तमान सरकार गुण्डा र तस्करहरूको संरक्षक भएको वताउँदै ओली सरकारले संस्थागत अपराध गरेको दावी गर्नुभयो । गुरूङले चुनाबअघि शेरबहादुर देउवाले भन्ने गरेको कम्युनिष्टले जितेपछि रूनपनि पाईंदैन भन्ने कुराले सार्थकता पाउँदै गएको वताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य बसन्तबहादुर सिके; प्रदेशसभा सदस्य ललितकला गुरूङ; कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने; गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य; नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य लेखबहादुर गुरूङ; जिल्ला कार्यसमिति सदस्य कुलप्रसाद उपाध्याय; कुनपा ८ चुवाका वडाअध्यक्ष राजकुमार क्षेत्री; कुनपा ५ का वडाअध्यक्ष चित्रकला शर्मा; नेपाली काँग्रेस पर्वतका पूर्व जिल्ला कार्यसमिति सदस्य गुप्तनिधि शर्मी; नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी; शुभकामना आदानप्रदान कार्यक्रमका प्रचार समिति संयोजक कल्याण सुवेदी; नेपाल शिक्षक संघ पर्वतका सचिव यज्ञनाथ बास्तोला; डिएलए नेपालका पूर्व महासचिव लिलामणि पौडेल; लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेशबहादुर क्षेत्री; नेपाली काँग्रेस कुनपा १ पाङका पूर्व सभापति हेम शर्मा पौडेल; बगैंचा युवा क्लवका अध्यक्ष सन्तोष विक लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस कुनपा २ खुर्कोटका वडासंयोजक कालीभक्त शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस खुर्कोटका सहसंयोजक छत्रराज रेग्मीले गर्नुभएको थियोभने धन्यबाद मन्तव्य कुश्मा नगरपालिका वडा नं २ खुर्कोटका वडाअध्यक्ष यदुनाथ शर्मा बास्तोला र कार्यक्रमको संचालन स्थानीय शिक्षक देविप्रसाद रेग्मीले गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला