मोदीबेनीको बृहत्तर विकास गर्न एनआरएनएले अक्षयकोष स्थापना गर्ने ।

ZEN Travels

पर्वत ।

मोदीबेनी क्षेत्रको बृहत्तर विकासका लागि गैह्र आवसिय नेपाली संघ एनआरएनएले अक्षयकोष स्थापना गर्ने भएको छ ।
मोदीबेनीमा हालै निर्मित जेष्ठ नागरिक आश्रमलाई दिगो रुपमा सञ्चालन गर्न र मोदीबेनीमा पूर्वाधार विकासमा चासो लिएको संघले अक्षयकोष स्थापना गरि त्यसवाट आउने व्याजलाई विकासमा लगानी गर्ने भएको हो ।

एनआरएनएका प्रतिनिधी र मोदीबेनी संग सरोकार राख्ने प्रतिनिधी विच भएको अन्तरक्रियामा यसबारेमा समझदारी भएको छ । एनआरएनएका केन्द्रिय सल्लाहकार गोबिन्द सुबेदी, एनआरएनए यूरोपियन उपसंयोजक एकराज गिरी लगायतले मोदीबेनीको विकासका लागि अक्षयकोष स्थापना गरि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले अक्षयकोष संगै भविष्यमा आवश्यक पर्ने अन्य सहयोगका लागि पनि तयार रहेको बताउनुभयो । अहिले नै कति रकम वराबरको अक्षयकोष राख्ने भन्ने बारेमा यकिन भएको छैन । एनआरएनएका केन्दिय सल्लाहाकार गोबिन्द सुबेदीले विदेशमा रहेका सबै संस्थाहरुको सहकार्यमा आर्थिक संकलन गरि संकलन भएको रकम एकमुष्ठ गरि अक्षयकोष स्थापना गर्ने आश्वसन दिनुभयो । हालै एनआरएनएका अध्यक्ष भवन भट्ट समेत आई मोदीबेनीको यथार्थ अवस्थाको बारेमा अवलोकन गरिसकेकाले संघको तर्फवाट अध्यक्ष भट्टले आवश्यक सहयोगका लागि तत्परता दिएको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सडक निर्माण, घाट सुधार, पुल निर्माण जस्ता पूर्वाधारको विकासमा नगरपालिकाको तर्फवाट आवश्यक सहयोग गर्ने वचन दिनुभयो । जोशीले विगतमा पनि सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताउनुभयो । उपप्रमुख सीता काफ्ले लामिछानेले कुश्मा नगरपालिका, वागलुङ र फलेवास नगरपालिकाको सिँगो एक समिति बनाएर मोदीबेनीको विकासमा लाग्न सुझाव दिनुभयो ।
उक्त कार्यक्रममा जेष्ठ नागरिक आश्रम विकास समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठ, उपाध्यक्ष खुमराज पराजुली, सचिव कमलवहादुर जिसी, नृसिँह मन्दिर संरक्षण समितिका उपाध्यक्ष केशवदास बैरागी, मोदीबेनीको भौतिक पूर्वाधार निर्माण समितिका सदस्य कृष्ण लम्साल लगायतले पर्वत र बागलुङ जिल्लामा फैलिएको मोदीबेनीलाई एकै नजरमा हेरेर विकास गर्नुपर्ने बताउनुभयो ।

दुबै तर्फको समानुपातिक विकासका लागि काम भैरहेको बारेमा पनि उक्त अवसरमा जानकारी दिइएको थियो । मोदीबेनीको विकासका लागि केहि वर्ष अगाडी बनाइएको गुरुयोजना अनुसार विकासका काम भैरहेको बारेमा पनि उक्र अवसरमा जानकारी दिइएको थियो । कालीगण्डकी नदीको दायाँ तर्फ वागलुङ खण्डमा हालै जेष्ठ नागरिक आश्रम निर्माण गरिएको छ । पर्वत खण्डमा वृद्धाश्रम सहित नृसिँह मन्दिर, गौमुखे धारा, शिवलिंग, तुलसीका मोठहरु रहेका छन् । वारी र पारी आवातजावत गर्न सहज होस भनेर कालीगण्डकी नदीमा झोलुङगेपुल निर्माण गर्न थालिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला