नन्दराम परियारले ल्याए ‘आयो तिहार भाग ५’ पुरा भिडीयो सहित

ZEN Travels

काठमाडौं –

मिलि आयौ केटा र केटी
कता गए यो घरका घरबेटी 
बजा भाई बजा, नाच्ने गाउँने गरेरै तिहारमा लिने हो मजा
खेलेपछि आँगनमा भैलोनी
नखोलेरै बस्लान् र दैलोनी
बजा साइ बजा, मादलै बजार, नाच्ने गाउँने गरेरै तिहारमा लिने हो मजा

यी शब्द हुन् हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग ५’ मा समेटिएका ।
हरेक बर्ष तिहारमा आफ्नो छुट्टै प्रस्तुतसहितको गीत बजारमा ल्याएर दर्शक, श्रसोताको मन जित्न सफल कलाकार परियारको यो बर्षपनि तिहार बिशेष गीत बजारमा आएको छ ।

भिडियोसहित बजारमा आएको गीतमा तिहारमा खेलिने देउसी र भैलोलाई बिशेष प्राथमिकताका साथ देखाईएको छ । तिहारको बिशेष महत्व भाईटिका संगै देउसी, भैलेलाई पनि मानिन्छ । चारैतिर झिलीमीली बत्ती, रंगीचंगी फुलहरु साथमा देउसीभैलोले छुट्टै रौनकता छाएको हुन्छ । साना बालबालिकादेखि बृद्धसम्मले देउसीभैलो खेलेर तिहारमा रमाईलो गर्ने प्रचलन रहेको छ ।

चर्चित मोडल ध्रुव हिमाली र रिना थापामगरको दमदार नृत्य तथा अभिनय रहेको उक्त गीतमा घरबेटीलाई बिभिन्न तरिकाले सम्बोधन गर्दै रिती, संस्कृति र परम्परालाई समेटेर रमाईलो भैले भट्टयाइएको पनि छ । खुमन अधिकारी र लक्ष्मी परियारको सुमधुर आवाज रहेको छ । यस्तै बिष्णु न्यौपाने शब्द, संगीत रहेको छ भने एकेन्द्र सारा शंकरले निर्देशन गर्नुभएको छ । गीतलाई केहिसमय अघिमात्रै हिम सम्झौता डिजिटलको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला