चीनद्धारा संसारकै सबैभन्दा लामो पुल निमार्ण

ZEN Travels

काठमाडौं ।

चीनले संसारकै सबैभन्दा लामो पुल बनाएको छ ।

५५ किलोमिटर लम्बाइको उक्त पुलले चीनका स्वशासित क्षेत्र हङकङ र मकाउलाई चीनको मूख्य शहर झुहाईसँग जोड्नेछ ।

यो पुल हालसम्म संसारमा रहेका सामुद्रिक पुलमध्ये सबैभन्दा लामो हो ।

९ वर्ष लगाएर उक्त पुल निर्माण गरिएको हो । पुल निर्माणमा २० अर्ब डलर खर्च भएको जनाइएको छ ।

राष्ट्रपति सि जिन पिङले पुलको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन पश्चात् बुधबारदेखि मात्रै सवारी साधनका लागि पुल खुला गरिने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

पुल निर्माणमा ४ लाख टन स्टिल प्रयोग गरिएको छ ।

पुलले ८ रेक्टर स्केलसम्मको भूकम्प थेग्नेछ । पुलबारे हङकङमा आलोचना भइरहेको छ ।(एजेन्सी)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला