‘काजी रोशन साहित्य पुरस्कार’ पौडेललाई

ZEN Travels

बागलुङ-

काठमाडौँका साहित्यकार बाजुराम पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले वर्ष २०७४ को उक्त पुरस्कार शर्माको महाकाव्य ‘शान्ताश्री’ का लागि प्र्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु १५ हजार छ ।

प्रतिष्ठानले प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रियस्तरमा साहित्य पुरस्कार वितरण गर्दै आएको छ । यसअघि १३ साहित्यकारले उक्त पुरस्कार पाइसकेका छन् । पाण्डुलिपिलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले विसं २०७२ देखि प्रकाशित कृतिलाई पुरस्कृत गर्न शुरु गरेको हो ।

पुरस्कारका लागि देशभरबाट प्राप्त कृतिमध्येबाट निरुपण मण्डलले पौडेलको महाकाव्यलाई छनोट गरेको हो । पुरस्कृत हुन लाग्नुभएका पौडेलका ‘सिर्जना फस्टाउनुपर्छ’ (खण्डकाव्य), ‘बाजुरामका कविताहरु’ (कविता सङ्ग्रह) लगायत कृति प्रकाशित छन् । उहाँ अभिनव साहित्य समाज, कपन साहित्य समाज, रमेश विकल साहित्यिक प्रतिष्ठानलगायत साहित्यिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला