कुस्माका मेयरको सेवा वापतको शुल्क नगरका विसाल सुवेदीलाई हस्तान्तरण

ZEN Travels

पर्वत ।
कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले आफुले प्राप्त गर्ने पारिश्रामीकवाट यहाँका आर्थिक अवस्था कमजोर भएका स्थानीयहरुलाई सहयोग प्रदान गर्नुभएको छ ।
उहाँले शुत्रबार अर्थात आज मात्रै आर्थिक अवस्था कमजोरीका कारण कक्षा ११ मा भर्ना हुन नसकेका कुस्मा नगरपालिका ९ ज्ञादिका बिसाल सुवेदीलाई आफ्नो सेवा शुल्कले उनलाई किताब कपि कलम स्कुल ड्रेस सहित भर्ना शुल्क एक समारोहका बिचमा हस्तान्तरण गर्नुभएको छ । सहयोग गर्दै मेयरले आर्थिक अवस्था कम्जोर भएकाहरुलाई पढाईमा,स्वास्थ उपचार लगायतमा सहयोग गर्न पाउँदा आत्मा सन्तोष प्राप्त भएको बताउँदै,म बन्छु मात्र नभई हामी बन्छौं भन्ने भावनाको संञ्चारण गर्न नगरवासी सवैलाई आग्रह गर्नुभयो । उहाँले यो अभियानलाई निरन्तरता दिदै जाने समेत बताउनुभएको छ । मेयर जोशीले हाल सम्म कुस्मा नगरपालिका अन्तर्गतका १४ जना आर्थिक अवस्था कमजोर भई पढ्नपाठन गर्न नसकेका र उपचारमा समस्या भएकाहरुलाई सहयोग गर्नुभएको छ । भने,यहाँका केहि विद्यार्थीहरुलाई कक्षा १० र कक्षा १२ सम्म अध्यान गर्दा सम्मको समयमा आवश्यक पर्ने स्टेशनरीका सामाग्रीहरु उपलब्ध गराई अभिभावक वन्ने सम्मको प्रण गर्नुभएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला