ओली र दाहाल विसर्जनवादी, वैद्य र चन्दसँग पार्टी एकता : कट्टेल

ZEN Travels

काठमाडौं-

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले केपी शर्मा ओली र पुष्पकमल दाहाल विसर्जनवादी भएकाले अब मोहन वैद्य र नेत्रविक्रम चन्दसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले ओली र दाहाल कम्युनिस्ट नभएको दाबी गर्दै वैद्य र चन्दसँग पार्टी एकता गर्ने बताएका हुन् ।

कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामलाई वैधानिकता दिएकाले त्यसविरुद्ध अदालत जाने पनि बताए ।

उनले पार्टीको नाम फरक देखाउन ओली र दाहालले कोष्ठभित्र (नेकपा) राखेको र त्यो गलत भएको जिकिर गरे ।

तर, निर्वाचन आयोगले दुवै दलको फरक–फरक अस्तित्व रहेको व्याख्या गर्दै शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई वैधानिकता प्रदान गरेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला