स्पेनको बार्सिलोनामा चियापान तथा शुभकामना आदानप्रदान

ZEN Travels

बार्सिलोना  ।  बिजया दशमी तथा शुभ दिपावली २०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना सम्पन्न भएको छ । नेपाली कांग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसको रुपमा प्रत्येक बर्ष कोजाग्रत पुर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमलाइ विदेशमा समेत निरन्तरता दिन आयोजित उक्त कार्यक्रमको सभापतित्व जनसंपर्क समिती स्पेनका अध्यक्ष इन्द्र शर्मा अधिकारीले गर्नु भएको थियो । जननायक बिपी कोइरालाको तस्बिरमा माल्यार्पण तथा दिवंगत नेताहरु एबं ज्ञात अज्ञात शहिदहरुको सम्झनामा मौनधारणबाट प्रारम्भ भएको उक्त कार्यक्रम जनसंपर्क समिती स्पेनका महासचिब राम प्रसाद सापकोटा ( बिराज शर्मा ) ले संचालन गर्नु भएको थियो ।

कार्यक्रममा स्पेन स्थित बिभिन्न संघसस्थाका पदाधिकारीहरुले शुभकामना मन्तब्य दिनु भएको थियो । यसरी शुभकामना मन्तब्य दिनेहरुमा गैर आवासिय नेपाली संघ स्पेनका अध्यक्ष तथा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा , भुतपुर्ब अध्यक्ष पुष्प भण्डारी , निबर्तमान अध्यक्ष शालिकराम डुम्रे , समितिका सल्लाहकारहरु बिष्णु रिजाल , सन्तोष श्रेष्ठ र उमेश अधिकारी , उपाध्यक्ष बिदुर गौतम , नेपाली जनप्रगतिशिल मंच स्पेनका अध्यक्ष अर्जुन आचार्य , प्रबाशी नेपाली मंच स्पेनका कोषाध्यक्ष कृष्ण राम रानाभाट , बिस्व कलाकार संघ नेपाल स्पेनका अध्यक्ष डिक कार्की , कास्की समाज स्पेनका सचिब सुरेश भण्डारी , बाग्लुङ्ग समाज स्पेनका प्रतिनिधि हिरालाल सापकोटा , पर्बत समाज स्पेनका महासचिब अनन्त लामिछाने , तमु समाज स्पेनका अध्यक्ष गौतम गुरुङ लगायत सन्दिप मोहन भट्टराई , प्रकाश गिरी , अन्जु तिमिल्सिना , प्रविन लोहार , बिजय शर्मा दर्पण , बुद्ध गुरुङ , मनुष खड्का , रबिन सोडारी हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा शुभकामना दिंदै बक्ताहरुले स्वदेश तथा विदेशमा समेत सहमति र सहकार्यको अपरिहार्यता औल्याएका थिए। बिजया दशमी तथा शुभ दिपावली २०७५ को उपलक्ष्यमा शुभकामना दिंदै नेपाली जनसम्पर्क समिति स्पेनका सल्लाहकार उमेश अधिकारीले बिश्वेस्वर प्रसाद कोइरालाको बहुआयमिक ब्यक्तित्व र योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

औपचारिक समारोहको समापन गर्दै अध्यक्ष इन्द्र शर्मा अधिकारीले जनसंपर्क समिती प्रबासी नेपालीहरुको मुटुको धड्कन बन्न सफल भएको बताउदै आपसी मतभिन्नता बिर्सेर एकजुट भई अगाडी बढन सबैलाई आग्रह गर्नु भयो ।

चक्रप्रसाद बास्तोलाप्रति श्रद्धाञ्जली व्यक्त
केही समय अघि निधन भएका नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री चक्रप्रसाद बास्तोलाप्रति श्रद्धाञ्जली व्यक्त गर्न बार्सिलोनामा श्रद्धाञ्जलीको आयोजना गरिएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समिती स्पेनको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । समितिका संस्थापक अध्यक्ष तथा गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाको प्रमुख अतिथी तथा भुतपुर्ब अध्यक्ष पुष्प भण्डारी र निबर्तमान अध्यक्ष शालिकराम डुम्रेको विशेष अतिथी रहेको उक्त सभामा स्वर्गिय बास्तोलाको व्यक्तित्व र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदानका बारेमा चर्चा गरिएको थियो ।

समितिका सल्लाहकारहरु उमेश अधिकारी , सन्तोष श्रेष्ठ र बिष्णु रिजाल का साथै अध्यक्ष इन्द्र शर्मा , उपाध्यक्ष बिदुर गौतम महासचिब राम प्रसाद सापकोटा ( बिराज शर्मा ) लगायतले स्वर्गिय नेता वास्तोलाको निधनसँगै नेपाली काँग्रेसले एक निर्भिक र बुद्धिजिवी व्यक्तित्व गुमाएको बताउँदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला