एनआरएनका केन्द्रिय सल्लाहकार गोविन्द् सुवेदी नेपाल सहित पर्वतको विकासमा तल्लीन ।

ZEN Travels

रामकृष्ण लामिछाने,मेरो जिल्ला डटकम पर्वत ।
नेपाल सहित पर्वतको बिकासमा ग्रह आवसीय नेपाली संघका केन्द्रिय सल्लाहकार गोविन्द सुवेदीले गरेको अभ्यास सहितका गतिबिधिहरु विश्व माझ सक्रात्कम रहेको यहाँका सरोकालवालाहरुले निशर्कष निकालेका छन् ।


पर्वत सेवा समाज युएईले शनिबार कुस्ममा गरेको साक्षरात्मक कार्यक्रममा यस्तो बताएका हुन । उनीहरुले सुवेदीले विगत १५ बर्ष देखि नेपाल भन्दा बाहिर रहेर पनि उनले नेपालमा समस्यामा परेकाहरुको दैनिकी सञ्चालन गर्न सहजहोस् भन्ने हेतुले एनआरएन संग सहकार्य गरेर न्याय दिलाउँदै आईरहेको भन्दै प्रशंसा गरेका हुन् । सुवेदीले गत ०७२ सालको भुक्मपमा परेका नेपालीहरुको जीवीका सहजताका लागि आर्थिक सहयोग गर्दै महत्वपूर्ण भूमिका खेलेका थिए । उनले हाल मात्रै आफुले पढ्ेको विद्यालयको स्तरव्द्धि गर्न बिशेष खालको कार्यक्रम ल्याउन लागेको बताएका छन् । उनले कुस्मा नगरपालिका मेयर रामचन्द्र जोशी र उपमेयर सीता काफ्ले लामिछानेको रहोबरमा उक्त प्रतिबद्धता जनाएका छन् । उनले सो अबसरमा बोल्दै आफुले अक्षर चिनेको विद्यालयको शैक्षिक स्तरबृद्धि गर्न आफु ठाउँमा पुगेको सममा लागन सकेमा मात्रै मानवता प्रस्ट रुपमा झल्कने सुनाए ।
फरक प्रसंगमा केन्द्रिय सदस्य सुवेदीले म बन्छु भन्नुभन्दा हामी बन्छौं भन्ने भावनाको सञ्चारण गर्नु प्रमुख दायित्व रहेको अुनुभव ब्यक्त गरेका छन् । उनले पछिल्लो समयमा यहाँको धार्मिक स्थल मोदीवेणी धामको विकास निमार्णमा लाग्न अक्षयकोष स्थापना समते गर्न पहल गरेका छन् ।


शनिबार मात्रै कुस्ममा सम्पन्न भएको प्रतिनिधीसंगको साक्षरात्मक कार्यक्रममा उनले जनप्रतिनिधले मपाई नगरी विकासका कार्यमा साक्षरात्मक भूमिका निर्वाह गर्न सकेमा पूरा नेपाल र नेपाली जनताको जीवीकामा परिवर्तन हुने धारण राखेका थिए । उनले समाज र राष्ट्रको विकासविना आफनो असल परिचय सर्वव्यापी हुन नसक्ने पनि स्मरण गराएका थिए । समारोहमा उपस्थित यहाँका जनप्रतिनिधीहरु सहित सरोकारवालहरुले उनले दिन खोजेको सक्रात्मक सन्देशको सिको गर्नुपर्ने औलायका हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला