टि २० क्रिकेट टुर्नामेण्टको दोश्रोे खेलमा जुनियर तर्फ होली एन्जल, मास्कोट र सेनियर तर्फ बिधा सदन बिजय

ZEN Travels

बीरगंज-
युनिसन ग्रुप अफ स्कुल पर्साकोे आयोजनामा १७ औं टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेल बीरगंजको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा भएको टुर्नामेण्टको दोश्रो दिनको प्रथम क्रिकेट खेलको जुनियर तर्फ मनकामना मा.बि. र होली एन्जल मा.बि.बिच भएको प्रतियोगितामा मनकामना मा.बि.ले २० ओभरमा ८ बिकेट गुमार्ई ८० रन बनाएकोे थियो ।

भने होली एन्जल मा.बि.ले १५.४ ओेभरमा ८ बिकेट गुमाई ८१ रन बनाई बिजय भएको छ । भने उक्त खेलमा म्यान अफ द म्याच होली एन्जल मा.बि.का आदिल अंसारी घोषित हुनु भएको थियो ।

त्यसै गरी दोस«ो खेलको जुनियर तर्फ मास्कोट मा.बि.र न्यु वेभ मा.बि.बिच भएको क्रिकेट खेल प्रतियोगितामा न्यु वेभ मा.बि.ले १४.२ ओेभरमा १० बिकेट गुमाई ७० रन बनाएको थियोे ।

भने मास्कोट मा.बि.ले १५.१ ओभरमा ८ बिकेट गुमाई ७० रन बनाई बिजय भएको छ । उक्त खेलमा म्यान अफ द म्याच मास्कोेट मा. बि.का सुजित प्रजापति हुनु भएको थियो ।

त्यसै गरी तेश्रो खेल सेनियर तर्फ माउण्ट हर्मन मा.बि.र बिधा सदन मा. बि.बिच भएको खेल प्रतियोगितामा माउण्ट हर्मन मा.बि. ले २० ओभरमा ९ बिकेट गुमाई ८० रन बनाएको थियो ।

भने बिधा सदन मा.बि. ले १३.५ ओभरमा ७ बिकेट गुमाई ८१ रन बनाई बिजय भएको छ । साथै उक्त खेलमा म्यान अफ द म्याच बिधा सदन मा.बि.का दिलसाद अंसारी हुनु भएको कुरा शिक्षक छेदुप लामाले जानकारी गराएका छन ।

सो खेलमा उत्कृृष्ट खेल प्रदर्शन गर्ने मा.बि.का खेलाडीहरुलाई युनिसन ग्रुप अफ स्कुल पर्साका पदाधिकारीले शिल्ड प्रदान गरी सम्मानित समेत आज खेल मैदानमा गर्नु भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला