कोरोना सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा सरकारको कडाई

प्रकाशित मिति: २८ चैत्र २०७७, शनिबार ०३:५०

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाई गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जना भन्दा बढि भेला हुन आम नागरिकलाई आग्रह गरेको छ भने विद्यालयहरुमा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न भनिएको छ । पछिल्लो पटक युवा र बालबालिकामा समेत कोरोना भाईरसको सङ्क्रमण देखिएकाले विद्यालय सबैभन्दा जोखिम क्षेत्र रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यस्तोमा तत्काल विद्यालय बन्द गर्न पनि कतिपले सुझाब दिएका छन् । तर सरकारले भने तत्काल विद्यालय बन्दको कुनै योजना नरहेको जनाएको छ । नेपालमा भने  अवस्था  तत्काल विद्यालय बन्द गर्ने र लकडाउन गर्ने सोंच नरहेको प्रवक्ता डा. गौतमको भनाइ छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विद्यालय बन्द गर्ने बारे कुनै निर्णय नभएको जानकारी दिनुभयो । बरु विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कुनै पनि छुट नहुने उहाँको भनाई छ । भारतमा समेत कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेकाले नेपालमा पनि त्यसको असर देखिन थालेको छ ।

(Visited 116 times, 1 visits today)

२८ चैत्र २०७७, शनिबार ०३:५० मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....