रक्सीको नसामा दुवैमा एक युवतीद्धारा आफ्नै साथीको हत्या ।

ZEN Travels

मदिरा सेवन गरी आफ्नै साथीलाई चक्कु प्रहार गर्दा युएईमा एक नेपाली महिलाको ज्यान गएको छ ।

युएईको शारहजा स्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राति मदिरा सेवन गरि धारिलो हतियार चक्कु प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो ।छुरा प्रहारबाट उनीहरूको देब्रे खुट्टा र हातमा समान्य चोट लागेको थियो। दशै मनाउने क्रममा टिकाको दिन सोनी तमाङ्सँगै काम गर्ने लक्ष्मी राई र सिर्जना बरालले अपशब्द बोलेको भन्दै सामान्य बिषयमा बिबाद भएको र सोही बिबादले गत शुक्रबार ठुलो रूप लिएको बताइएको छ।झगडा छुट्याउन गएकी

सर्लाहीकी ममता चौधरीको बाँया पिड्यु र टाउँकोमा चोट लागेको छ ।उनको शारहजास्थित अल कासिमिया अस्पतालको आसियुमा उपचार भैरहेको छ। यस्तै अरु दुई जना सलिना मगर र आशा दर्जी सामान्य उपचार पछि काममा फर्केका छन् ।

त्यसपछि मदिरा सेवन गरी सबिनाले दुबै हातमा चक्कु लिई एकतर्फी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।विविसी समाचार स्रोतले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला