जनसंपर्क समिती (ज स स)बेल्जियम द्वारा मेलमिलाप तथा शुभकामना आदान-प्रदान कार्यक्रम संम्पन्न। 

ZEN Travels

वेल्जियम-

वेल्जियममा वसोवास गर्ने स्थानिय नेपालीहरुको वाक्लो ऊपस्थितिमा जसस वेलजियमले दशैं तथा तिहारको ऊपलक्षमा शुभकामना आदानप्रदान तथा  मेलमिलाप दिवस मनायो । हरेक बर्षझै यस बर्ष पनि ज स स बेल्जियम ले बि.पी ले अँगालेको मेलमिलाप तथा शुभकामना नितिलाई निरन्तरता दिएको हो। बेल्जियको आन्रोपेन सहरमा ज स स बेल्जियमका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक  श्री ध्रुवराज पौडेलको अध्यक्षता र नेपाली जन सम्पर्क समिती बेल्जियमकी सभापती श्रीमती सीता सापकोटाको प्रमुख आतिथ्यतामा संम्पन्न कार्यक्रम मा आमन्त्रित बेल्जियम स्थित बिभिन्न संघ-संस्थाका प्रतिनिधि हरुको उपस्थित रहयो।

ज स स बेल्जियम का निबर्तमान अध्यक्ष श्री सुवास जोशीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम मा  एन आर एन ए बेल्जियमका अध्यक्ष श्री लोक दाहाल ले देशको परिस्थिति जस्तोसुकै भएपनि प्रवास मा हामी नेपाली सधैं यसरि नै मिलेर लाग्नु पर्ने बताउनु भयो। त्यस्तै अन्य बेल्जिय स्थित बिभिन्न संघ-संस्थाका प्रतिनिधि हरुले आ-आफ्नो बिचार राख्नु भएको थियो। तमुधि  बेल्जियका अध्यक्ष श्री नबिन गुरुगं, जनप्रगतिशिल मोर्चा युरोपका अध्यक्ष श्री बिष्णु भुजेल, चितवन सहायता कोष बेल्जियम का अध्यक्ष श्री भुवन सुबेदी, कीरात समाज बेल्जियम की संरक्षक श्रीमती मुना राई, ओ न एफ बेल्जियमका महासचिव श्री चन्द्र शर्मा, जनप्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष श्री मेख गुरुगं, ब्यवसाहिक संघ बेल्जियमका अध्यक्ष श्री सी पी भट्ट्, बुर्गे समाज बेल्जियमका सदस्य श्री जिवन शर्मा, नवलपरासी समाज बेल्जियमका अध्यक्ष श्री बिजय मल्ल, गणेशमान प्रतिष्ठान बेल्जियमका अध्यक्ष श्री योगेन्द्र श्रेष्ठ, ज स स बेल्जियम का बरिष्ठ नेता श्री उल्का घिमीरे, मोना बेल्जियमका अध्यक्ष श्री योगेन्द्र बि क लगाएत संन्चारकर्मी ओम शर्मा र निलम घिमिरेले पनि आ-आफ्नो भनाई राखेका थिए। अधिकांशको मुल भनाई नै नेपालीहरु विदेशकों भुमीमा मिलेर नेपाली- नेपाली एक ढिक्का हुनु पर्नेमा जोड़ दिएका थिए ।

सबै उपस्थित लाई धन्यबाद दिदै ज स स बेल्जियमकी सभापति तथा कार्यक्रमकी प्रमुख अतिथी  श्रीमती सीता सापकोटाले  बिजाय दशमी दिपावकी छडपर्व , नेपाल संवत लगायत सम्पुर्ण नेपाली पर्वहरुको अवसरमा देश तथा बिदेशमा बस्नु हुने सबैमा शुभ कामना ब्यक्त गर्दै चियापान कार्यक्रममा उठेका केही जिज्ञासाहरुको जवाफ दिदै भन्नु भयो नेपाली जनसम्पर्क समिती बेल्जियममा  संस्थापक अध्यक्ष देखी निबर्तमान अध्यक्ष सम्म हामी सबै एकै ठाउँमा छौँ, समितीमा कुनै बिबाद छैन, एकादो साथीहरु बाट  जे जस्ता गतिबिधीहरु बाहिर आएका  छन तिनीहरु लाई सच्याएर साथीहरु अन्ततह: मुलघरमै फर्कनु हुनेछ भन्दै हामी मिलेर जानुको विकल्प नभएको बताईन। ज स स बेल्जियमका महामन्त्री श्री दिनेश प्रसाद भण्डारी ले कार्यक्रम संचालन गर्नु भएको थियो।

प्रवक्ता

जगदीश सापकोटा

जनसंपर्क समिती, बेल्जियम

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला