पर्वत: एसियाकै पहिलो र लामो केवलकार निमार्णपूर्व बृहत छलफल

ZEN Travels

रामकृष्ण लामिछाने
पर्वत ।
पोखरा माहनगरपालिका २३को घाटिछिनादेखि पर्वत मोदि गाउँपालिका ८ चित्रेमा अवस्थित पञ्चासे धार्मिक लेक सम्म आवतजावत गर्न एसियाको पहिलो र लामो केवलकार निमार्णपुर्व बिहिबार मोदी गाउँपालिमा सर्वपक्षीय छलफल भएको छ ।
मोदी गाउँपालिकाद्वारा आयोजना भएको छलफल कार्यक्रम निमार्णको जिम्मा पाएको आरकेडी रियल स्टेट कन्स्ट्रक्सन लिमिटेड र बन्दिपुर केवलकार प्रा.लिद्वारा प्रस्ताव सहितको योजना स्टमेट प्रस्तुत भएको हो । यो केवलकार ८.५ किलोमिटर लम्बाईको हुनेछ । यो निमार्णको कुल लागत १० अर्ब अनुमान गरिएको छ । भने,३ अर्ब लागत केवलकार प्रभावित क्षेत्र कुश्मा नगरपालिका,मोदी गाउँपालिका र पोखरा माहनगरपालिका सहित त्यहाँका सारोकार राख्ने उद्योगीहरु संगबाट संकलान गर्ने योजना रहेको छ । यसले यहाँको पर्यटन बिस्तारमा ठुलो टेवा पुग्ने योजना रहेको छ । यो केवलकार ६ बर्षे आयोजना रहेको पञ्चासे केवलकार निमार्ण कम्पनिका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।
अन्तत्र्रिया तथा सर्वपक्षीय छलफलमा मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले केवलकार निमार्णले पर्यटन विस्तारमा निकै ठुलो टेवा पुग्ने विचार ब्यक्त गर्नुभयो । ‘यो कार्यले सम्रग गण्डकी प्रदेशको मेरुदण्डको रुपमा काम गर्छ,’पौडेलले भन्नुभयो,‘केवलकार सिधै पोखराको घाटिछिनादेखि पर्वत चित्रेको पञ्चासे लेक सम्म जाँदा,मोदी गाउँपालि सहित पर्वत समेत ओझोलमा पर्न सक्ने हुदाँ गम्भिर बन्न भएर कार्य शुभारम्भ गर्न आग्रह गर्नुभयो ।’ यो केवलकार सिधैं पोखरा हुँदै चित्रेमा केन्दि«त हुदाँ मोदीको बजारमा पर्यटकीय चहलपहल नहुने हो की ? भन्ने जस्ता जिज्ञासहरु समेत राखेका उठेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्दि«य सदस्य गुप्त हमालले सो अवसरमा बोल्दै केवलकार निमार्णले पर्वतमा र्पयाप्त मात्रमा आन्तरीक तथा वाहिय् पर्यटकहरु पर्वतमा भित्राउन सकने बताउनुभयो ।‘पर्वत आफैमा पर्यटकीय क्षेत्रको खानी हो,’ हमालले भन्नुभयो,‘यस्ता पुर्बाधारका क्षेत्रहरु बिस्तार हुन सके यहाँका युवाहरु बेरोजगार बस्नुपर्ने अवस्थाको अन्तय हुने आयौंलाउनुभयो ।’
निमार्णको चरणमा रहेको यो केवलकार सहित स्काई साईकलिङ,पानीको फोहोरा,कोसेली घर,होम स्टे विस्तार,लजरिर्सोट समेत स्थापना गर्ने सो,अवसरमा सुनाईएको छ । मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले सो भेलामा बोल्दै स्थानीयको रोजगारीको सुनिस्चितता हुनुपर्ने धारण राख्नुभ्उको थियो ।यस्तै मोदी गाउँपालिकाका प्रवत्ता तथा मोदी ६ का वडाध्यक्ष बिमल लामिछानेले केवलकार निमार्णमा लगानी गर्न आउने पर्यटकहरुलाई गाउँपालिकाले हृदयका साथ स्वागत गर्न आतुर रहेको बताउनुभयो ।‘पञ्चासे आफैमा धार्मिक तथा पर्यटनको हिसावले निकै ठुलो महत्व वोकेको क्षेत्रमा यो केवलकार कोसेढुङ्गा सावित हुने विचार राख्नुभयो । सो, सर्वपक्षीय छलफल तथा भेलामा मोदी गाउँपालिका उपाध्यक्ष सेती महत,वडा नम्बर ६,७ र ८ का वडाध्यक्ष सहित सरोकारवाल ६० जना स्थानीयहरुको सहभागी थिए । मोदी गाउँपालिका पर्वत आफैमा पर्यटन तथा कृषिमा आत्मानिर्भर स्थान हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला