१ लाखलाई कांग्रेसको निम्ता

ZEN Travels

काठमाडौं-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैं, तिहार,नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रम गर्दै छ ।
चियापानमा विभिन्न क्षेत्रका करिब १ लाखलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश
शर्माले बताए । कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । २०३३ मा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ देखि प्रत्येक वर्ष कांग्रेसले जलपान
समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । कार्यक्रममा राजनीतिक दलका नेता लगायतको सहभागिता रहने प्रवक्ता शर्माले बताए ।रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला