तिहारका लागि तयार मिठाईमा ‘हाईड्रा’ केमिकल

ZEN Travels

कपिलबस्तु ।

तिहारका लागि बनाइएका मिठाइको परिकारमा ब्यापारीहरुले स्वास्थ्यलाई गम्भीर असर पर्ने बिभिन्न केमिकल मिश्रण गरेको पाइएको छ ।

कपिलवस्तुको तौलिहवामा तिहारलाई लक्षित गरी मिठाई पसलहरुमा गरिएको अनुगमनका क्रममा त्यस्ता केमिकल फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालयसहितको संयुक्त अनुगमन टोलीले बिहीबार १० वटा मिठाई पसलमा निरीक्षण गरेको थियो ।

सो क्रममा तौलिहवाको बहादुरगंज जाने चौराहामा रहेको गणेश जलपान भण्डारमा हाईड्रा नामक पाँच सय ग्रामका २ वटा डब्बा केमिकल फेला परको छ ।

स्वास्थ्यकर्मी अनुसार हाईड्रा कपडा धुनका लागि प्रयोग गरिने केमिकल हो । हाईड्रालाई सेतो खाले रसभरीको चासनीलाई सफा देखाउनकालागि प्रयोग गर्ने गरिएका छन ।

‘कपडा धुन र औधोगिक प्रयोजनका लागि प्रयोग गर्ने हाईड्रा नामक केमिकलले मानव स्वास्थ्यमा गंभीर असर गछ,र्’ तौलिहवा अस्पतालका डाक्टर किशोर बन्जाडेले भने ।

मिठाई बनाउन सबैभन्दा बढी प्रयोगमा आउने चिनीको मूल्य बढी भएकाले मिठाइ व्यापारीहरु अहिले चिनीको साटो गुलियो केमिकलको अत्याधिक प्रयोग गरिरहेको बुझिएको छ ।

चिनी भन्दा पाँचसय गुना गुलियो स्याक्रिन नामक केमिकलको प्रयोग गरि बनाइएका मिठाईहरु अहिले बजारमा धमाधम विक्री भइरहेका छन् ।

५० रुपैंयाँमा पाईने ५० ग्राम स्याक्रिनले ३० किलो बढी चिनीको काम गर्ने हँुदा यसबाट आफूहरुलाई निकै फाइदा हुने गरेका ब्यापारीहरुको भनाई छ ।

सरकारले मिठाइ बनाउन ११ वटा रंगलाई स्वीकृति प्रदान गरेपनि मिठाइ व्यापारीहरुले भने जथाभावी रुपमा सजिलै पाइने र कम मूल्य पर्ने रङ्गहरुको प्रयोग गर्ने गरेको पाइन्छ ।

दुषित र उक्त रंग हालेको मिठाई सेवनबाट विभिन्न खाले रोगहरु उत्पन्न हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । व्य

पारीहरुले बढि मुनाफा आर्जन गर्न बढि प्रयोग हुने खुवाको साटो म्याद नाघेको मैदा, आरारोट, उसिनेको आलू, पिठो र सूजीको प्रयोग गर्ने गरेका छन । जसले पेटमा प्रत्यक्ष असर पार्दछ ।

व्यापारीहरुले निम्न गुणस्तरको घ्यु र हप्तौ पूरानो तेलको प्रयोग गर्दछन जसबाट घाटी सम्बन्धि विभिन्न रोग देखा पर्दछ ।

विश्व खाद्य संघले गरेको सिफारिस बाहेकका अन्य बस्तु खाद्य पदार्थमा मिसावट गर्न नपाइने खाद्य ऐन २०२३ मा उल्लखेति छ तर सम्बन्धित निकायले हाल सम्म त्यसतर्फ ध्यान नदिएको उपभोक्ताहरु गुनासो छ । टोलीले एउटा किराना पसल आधा दर्जन मासु पसलमा समेत अनुगमन गरेको थियो ।

ग्राहकलाई आकर्षक र ताजा भएको  देखाउन अखाद्य बस्तुहरुको व्यापक प्रयोग गर्ने गरिएको छ भने सो मिठाई पसलबाट ५ किलो दुषित मिठाइए समेत जफल गरी नष्ट गरिएको थियो ।

अनुगमनका क्रममा अधिकांश मिठाई पसल फोहोर रहेको, मुल्य सुची समेत नहरेको, केही मिठाई पसल दर्ता बिना संचालन गरेको भेटिएको र मिठाइ पसलेहरुलाई प्रशासन कार्यालयमा हाजिर हुने गरी कागज गराईएको छ ।

साथै एक पटकका लागि सुध्रिने्र मौका दिने त्यसो नगरे ऐन अनुसार कारबाही गर्ने सहायक प्रजिअ रामेश्वर अर्यालले बताए ।

यहाँका प्रायः सबै मिठाई पसलहरुमा अखाद्य बस्तु मिसाएको, उत्पादन, बिक्री र भण्डारण एउटै कोठामा राखिने गरिएका छन ।

अखाद्य बस्तुको मिश्रण र झन त्यसमा पनि एक साता बढिका बासी मिठाईहरुको प्रयोगले उपभोक्ताहरु ठगिनुको साथै स्वास्थ्यमा समेत नराम्रो असर पर्ने गरेको खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्यय निरीक्षक स्र्वण कुमार ढुंगानाले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला