नबदुर्गालक्ष्मीको आठौ साधारण सभा सम्पन्न,बिपन्न समुदायको आर्थिक विकासमा महत्वपुर्ण भूमिका खेलेको उपप्रमुख लामिछानेको ठहर

ZEN Travels

पर्वत–
नबदुर्गा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कुश्माको आठौ साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख तथा सहकारीका शेयर सदस्य सिता काफ्ले लामिछानेले बिपन्न समुदायको आर्थिक विकासका लागि सहकारीहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले कुश्मा नगरपालिकाले सहकारी मैत्री निति बनाएर सवै सहकारीको संरक्षणमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहाकार लक्ष्मीप्रसाद सापकोटा सल्लाहकार तथा कुश्मा नगरपालिका वडा नं. ९ का अध्यक्ष कृष्णप्रसाद लामिछाने, फलेवास वडा नं. ११ का अध्यक्ष शेरबहादुर सुनार जितबहादुर, ऋण संयोजक गोपि अधिकारी, लेखा संयोजक राम शर्मा लामिछाने, संस्थापक शेयर सदस्य गणेश पौडेल लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा संस्थाका कोषाध्यक्ष लक्ष्मी अधिकारीले आर्थिक प्रतिवेदन, सचिब इन्द्रप्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष गोविन्द अधिकारीले सहकारीलाई बचत र ऋणमा मात्र केन्द्रित नगरी उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रित गर्ने योजना रहेको बताउनुभयो । उहाँले जिल्लाका अन्य सहकारी संस्थासँग पनि सहकार्य गर्दै विपन्न तथा पिछडिएका बर्गको आर्थिक हितका लागि काम गर्ने योजना रहेको बताउनुभयो ।
सहकारीका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार बालकृष्ण तिवारी जैसी र संचालन गणेश पौडेलले गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला