काँग्रेस पुर्वमुख्य सचिव ऋिषिकेश तिवारीको प्रश्नः राजनिती जीवनका लागि की ?जीवन राजनितीका लागि ?

ZEN Travels

नेपाली काँग्रेसका पुर्वमुख्य सचिव ऋिषिकेश तिवारीले मेरो जिल्ला डट कम अनलाईनका कार्याकारी सम्पादक रामकृष्ण लामिछाने संग सक्षिप्त कुराकानी गर्दै भने राजनिती जीवनका लागि की ? जीवन राजनितीका लागि ? उनले आफुले नेपाली काँग्रेसका स्वर्गीय पिता जननायक विश्वेश्बर प्रसाद कोईरलाले भनेको भनाई हप्तामा २ दिन राजनिती ५ दिन उधम आफनो कामलाई महत्वका साथ अगाडी वढाउनुपर्ने बताएका छन् ।
आफ्नो पहलमा पर्वतको मुडिकुवामा आफनो पहलमा लप्सी र क्यानडी उद्योग स्थापना गरेर युवाहरुलाई तालिा दिदै आएको पनि वताए । ‘मैले युवाहरुलाई देशको राजनिती संगै जीवीका चलाउने माध्याहरु सञ्चालन गर्ने आग्रह गर्छु,उनले भने ।
फरक प्रसंगमा तिबारीले अवको ५ बर्षमा नेपाली काँग्रेस देशको पहिलो पाटी वन्ने ठोकुवा गरेका छन् । उनले भने अपले जनात कम्युनिष्ट सरकारले देश चलाउन सहज तवरले नजानेको समेत संवादका क्रम्मा आरोप लागाएका छन् । उनका अुनसार काँग्रेस कम्युनिष्ट जस्तो अवसरवादी पार्टी नभएको समेत वताएका छन् । काँग्रेसले राज्यका संरचना भत्काउन जानेन,संविधानसभाको बैठकमा टेवल र्फेन जानेन,टेलीफोनका तार,बिजुलीका तार काट्न जानेन,हत्याहिसां गर्न जानेन ,जनताले काँग्रेसबाट पनि यस्तै अपेक्षा गरेका हुन । विश्व समुदायले विश्वास गरेको पार्टी काँग्रेसमा फरक फरक गुटउपगुट नरहेको भन्दै मिडियाले वङगाएर वोल्न र लेख्नु नपर्ने धारण राखे ।
काँग्रेस सधै लोकतन्त्रको पक्षमा उभिने पार्टी रहेको भन्दै उनले सवैलाई एक हुन अनुरोध समेत गरेका छन् । हालै सम्पन्न भएका चुनावमा काँग्रेस देश जिताउन लाग्दा,आफु हार्नु परेको औलाए । उनले काँग्रेसले संविधान निमार्ण गरेका,हिसां हत्याको शिकार मौलाउने बाटो यही काँग्रेसले रोकेको स्मरण गर्दै सवैलाई ढुक्क हुन आग्रह गरेका छन् ।
उनले अव काँग्रेसले अर्काको घर भत्कीन्छ,अनि आफ्नो बनाउँछु भन्दै पर्खेर बस्नुभन्दा सवै मिलेर आफनो घर वलियो वनाउनुपर्ने समय आएको हुदाँ गाउँगाउँमा संगठन बिस्तार गर्न सवै लाग्न समेत आग्रह गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला