चितवनका देब आर.एन सिङापुर अवार्डबाट थाईल्याण्डमा सम्मानित

ZEN Travels

चितवन-

देब आर.एन चितवनका एक शैक्षिक ब्यबसायि हुन । नेपालकै मध्य भागमा रहेको चितवन, अझै भनौ चितवनको मुटु नारयणगढमा मिशन स्टार एजुकेसन कनसलटेन्सि सञ्चालन गरिरहेका छन । नेपालमै केहि गर्नु पर्छ र बिदेशिनु हुन्न भन्ने हेतुले उनले आज भन्दा १० बर्ष अगाडि देखि आँफ्नो ब्यबसायको थालनि गर्दै नारायणगढ स्थित बेलचोकमा बिद्यालय स्तरमा पठन पाठन गर्ने बिद्यार्थीलाई ट्युसन कलाश पढाउन थाले । आज भन्दा १० बर्ष अगाडि देबले सञ्चालन गरेको एजुकेशन सेन्टरमा बिद्यार्थीहरु ट्युसन कलाश पढ्नको निम्ति खचा खच रुपमा आउने गर्थे । बिस्तारै बिद्यालय लेबलको कक्षाहरु सकिदै जाँदा त्यहि सेन्टरमा ट्युसन पढ्ने गरेका बिद्यार्थीहरुलाई बैदेशिक पठन पाठनको मोहले तान्दै जान थाल्यो । उसो त देबको मानषिकतामा पनि आँफ्नो ट्युशन सेन्टरलाई बिस्तार गर्ने सोच पनि बिस्तारै पलाउन थाल्यो । देब आँफु जस्तो सुकै बिसम परिसथिति आए पनि बिदेश नजाने संंकलप गरेका थिए ।

देबले बिद्यार्थीको मोह देखे पछि बिस्तारै आँफ्नो शैक्षिक केन्द्रलाई बिस्तार गर्दै बिद्यार्थीको चाहाना अनुरुप बिद्यार्थीलाई जापान अष्ट्रेलिया लगाएत युरोपियन मुलुकमा पठाउन थाले । जसरि उनले बिद्यार्थीलाई युरोपियन देशमा पठाउन थाले त्यसरीनै उनको कन्सलटेन्सि पनि बिस्तारै ठुलो आकारमा परिणत भयो । आँफ्नो कनसलटेन्सिलाई बिस्तारै बिस्तार गर्ने क्रममा अहिले उनले मिशन स्टार एजुकेसन कनसलटेन्सिलाई लायन्सचोकमा ल्याएर सञ्चालन गरि रहेको छन । समयले बिस्तारै कोल्टो फेरदै जादा देब फिल्मि क्षेत्रमा पनि प्रबेस गर्ने ईच्छा मन मनमा जागेको थियो । मन मनमै उनलाई अब आँफु मोडल बन्छु भन्ने निकै धेरै कुरा आउन थाल्छ ।

बिस्तारै उनि फिल्मि क्षेत्रमा काम गर्ने मोडल, संगित क्षेत्रमा काम गर्ने कलाकारसँग घुल मिल हुन थाले । अब त आँफ्नो ब्यबसय समेत फराकिलो बनाएसँगै उनि मोडल बन्ने सपना बोक्दै कलाकार अमित सिंह चौधरीसँग नजिक हुन पुगे ।

बिस्तारै बिस्तारै नजिक हुने क्रममा देबलाई अमितले एक थारु भाषाको गीतमा क्यामरा फेस गराउदै उनलाई मोडल क्षेत्रमा उभाए । अमितको मित्रतासँगै मोडलको दुनियामा आएका देबले आँफुलाई अन्य गीतमा पनि मोडलको रुपमा देखाउन थाले । देबले कलाकार प्रदिप ढकालसँग तिम्रो र हाम्रो बोलको गीतबाट समेत आँफ्नो अभिनयलाई देखाएका छन । जुन गीतका काँरणले गर्दा देबले अवार्ड समेत पाई सकेका छन । भरखरै मात्र नेशनल बक्स अफिस म्युजिक अवार्डले सिङापुरमा आयोजना गरेको अवार्ड कार्यक्रममा लोकप्रिय पब्लिक भोट जुरी मुल्यांकन दुबै लाई आधार मानी गरिएको मोफसलतर्फको सर्वोत्कृस्ट मोडल विधामा (तिम्रो र हाम्रो)बोल को गित मार्फत अवार्ड हात पार्न सफल भएका थिए । सँगै उनले नब मोडलिङ तर्फको अवार्ड जित्दा मोफसल तिरको पब्लिक च्वाईस बिधामा समेत अवावर्ड हात पारेका हुन । राजेश समरले डिरेक्सन गरेको यो गीतमा कलाकार प्रदिप ढकालले स्वर दिएर देब आर. एन र कृष्टिना थापाले अभिनय गरेका छन ।

सानो पर्दा मार्फत आधा दर्जन भन्दा धेरै गीतमा मोडल गरि सकेका देब पछिल्लो समय ठुलो पर्दामा आउने तयारिका साथ यति बेला फिल्म क्षेत्रमा ब्यस्त देखिएका छन । उनि पछिल्लो समय नेपाली कथानक चलचित्र नशामा अभिनयको क्रममा ब्यस्त रहेका छन । उनि नशा फिल्ममा मुख्य कलाकारको रुपमा रहेका छन । नेपालका युवा युवतीमा बड्दो द्रुब्यसनिलाई कम गर्ने उद्येश्यका साथ निर्माण गरि रहेको चलचित्रको निर्मातको रुपमा मुस्कान काप्रि रहेका छन ।

ब्ततबअजmभलतक बचभब

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला