विश्वभरका हिन्दु धर्मावलम्बीलाई पर्वतमा भित्राईदै ,आगामी जेठ १–११ धर्मिक महोत्सव ।

ZEN Travels

पर्वत ।
धार्मिक पर्यटन मार्फत पर्वतलाई चिनाउन पर्वतमा गुप्तेश्वर धार्मिक मेला हरेक बर्ष गर्ने यहाँका सरोकारवालाहरुको भेलाले शनिबार निर्णय गरेको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यहाँका धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सव वर्षेनी आयोजना गर्ने निर्णय समेत भएको हो । पर्वत जिल्लाका सबै संघसंस्थाहरुको समन्वयमा हुने महोत्सव आगामी नयाँ बर्ष २०७६ जेठको १ देखि ११ गते सम्म प्रारम्भ हुने छ । पार्वती जन्मेको स्थान पर्बत भएको धार्मिक विश्वास भएकाले ५१ फिटको शिव पार्वतीको मुर्ती निमार्ण गर्न योजना भएको छ । सो,मुर्ती गुप्तेश्वर गुफाको परिसरमा राखिने छ । १ सय ५१ जना संस्थापक सदस्य बनाई १÷१ लाख सस्थापनको तर्फबाट रकम लिने भएको छ । कुल १ करोड ५१ लाख मुर्ती निमार्ण तथा धार्मिक महोत्सव गर्नका लागि संकलन हुनेछ । भेलामा उपस्थित भएका मध्य २६ जनाले रकम प्रदानलाई समक्षैता गरेका छन् ।
धार्मिक महोत्सव आयोजन गर्न पृथ्वीनारायण शर्माको अध्यक्षतामा ३७ सदस्य मूल आयोजक समिति गठन गरिएको छ । धार्मिक मेलाको बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्मा,उपाध्यक्षहरु मानकुमारी गिरी,बिप्लव हमाल,कोषाध्यक्ष कमलनाथ पोख्रल,माहसचिव अच्युत तिवारी लगायत आयोजक समितिमा छन् । भेला सम्रग पर्वतको धार्मिक प्रचारप्रसार गर्न सके यहाँ पर्याप्त मात्रमा आन्तरीक तथा वाह्यि धार्मिक भक्तजनहरु भित्रने अपेक्षा गरिएको छ । भेलाका प्रमुख अतिथी रहेका चर्चित पंडित ईश्वर कृष्ण भूर्तेलले धार्मिक महोत्सवको संकल्प सहित धार्मिक महोत्सवको बारेमा बोल्नुभएको थियो ।
पर्वत उद्योय वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा गण्डकी प्रदेशसभाका सासंद जुनादेवी नेपाली,जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल,कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने,नेपाली काँग्रेसका पुर्वमुख्य सचिव ऋिषिकेश तिवारी,नेपाल कम्युनिष्ट पार्टी पर्वतका नेता भक्त कुवंर,पुर्व सांसद कल्पना चापागाँई,काँग्रेस पर्वतका सभापति खिम प्रसाद भुषाल,वडाध्यक्ष चित्रकला भारती‘शर्मा’ लगायतले बोलेका थिए ।
यस्तै,पर्वत जिल्लालाई धार्मिक पर्यटनको एकमात्र गन्तव्य बनाउने हेतुले महोत्सव गर्ने सोच बनाइएको नवगठीत समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले बताएका छन् । शनिबार बसेको नवगठित समितिको भेलाले पर्वत उद्योग वाणीज्य संघको सभा हल्लाई महोत्सव आयोजक समितिको सचिवालय वनाउने निणर्य समेत गरेको छ ।
प्रचारप्रसार गर्न पर्चापम्पेलेट छपाई गर्ने समेत जनाएको छ ।
विश्वभरका हिन्दु धर्मावलम्बीलाई यो महोत्सवले पर्वतमा ल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यज्ञ सञ्चालन गरिने भएपनि जिल्लाभरका सबै धार्मिक स्थललार्इ समान महत्व दिएर प्रचारमा ल्याईने भएको छ । पर्वत जिल्ला पार्वतीको जन्मथलो हो । महाभारत लगायत धर्मग्रन्थमा उल्लेखित कालन्जर पर्वत यहि जिल्लामा पर्छ ।कालिगण्डकी जस्तो पवित्र नदी, दर्जनौँ पौराणिक धार्मिक दस्तावेज यो जिल्लामा रहेर पनि ओझेलमा रहेका बेला ईश्वर कृष्ण भु्र्तेलको माध्यमबाट पर्वतको महिमा उजागर हुने आचार्यले दावी गरेका छन् । यो कार्यक्रम पर्वतको चिनारी गराउने माध्यम मात्रै नभएर धर्मलाई जगाउने, व्यवसाय प्रवर्दन गर्ने, पर्यटनको विकास गर्ने जस्ता फाइदाको रुपमा हेरिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला