जलजला गाउँपालिकाको पहलमा:धाईरिङको सडक सुचारु

ZEN Travels

बागलुङ-
पर्वतको जलजला गाउपालिका ७ धाईरिङको वास्वोटमा वर्षातको कारण अवरुद्ध सडक करिव ४ महिना पछी सुचारु भएको छ । बर्षात संगैको बाढी, पहिरोका कारण अवरुद्ध बनेको लस्ती वास्वोट घाखेत सडक अन्र्तगतको करिव ३ किलो मिटर सडक मर्मत गरीएको हो ।
गाउपालिकाको सहयोगमा सडक मर्मत गरेर यातायातका साधन सञ्चालनको तयारी गरिएको छ । भत्कीने, पहिरो खस्ने, बाढीले कटान गर्ने समस्याका कारण अवरुद्ध भएको सडक गाउपालिकाको सहयोगमा स्काभेटर मार्फत मर्मत गरेपछी सडक सुचारु भएको केदार प्रसाद रिजालले जानकारी दिनु भयो भयो । सडक मर्मतको लागी सडक उपभोक्ता समितिले चासो नदेखाएको कारण स्थानियले गाउपालिकामा माग गरेपछी गाउपालिकाको सहयोगमा सडक मर्मत गरिएको हो ।

सडक अवरुद्ध हुदा वासवोट वासीलाई आवज गर्न तथा वास्वोटमा उत्पादन भएको तरकारी वजार सम्म पु¥याउन समस्या भएको थियो ।
यसै विच वडाका अन्य सडकमा यातायातका साधन सञ्चालनका लागि उपभोक्ता समिति गठन गरेर मर्मतको प्रक्रिया अघि बढाएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले वताउनु भयो । सडक मर्मतका प्रदेश सरकार मार्फत २० लाख रुपैया वजेट बिनियोजन भएको भएपनी सो वजेटको काम सुरु हुन सहेको छैन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला