विश्व हिन्दु महासंघ कास्कीको आयोजनामा हिन्दु संस्कृतिका पर्वहरुको महत्व बिषयक परिचर्चा कार्यक्रम सम्पन्न

ZEN Travels

चैतन्यकृष्ण गुरु भन्नुहुन्छ डेंगु भन्दा डर लाग्दो रोग सच्चाई केन्द्र हो |

विश्व हिन्दु महासंघ कास्कीको आयोजनामा हिन्दु संस्कृतिका पर्वहरुको महत्व बिषयक परिचर्चा कार्यक्रम सम्पन्न भएको  छ |

कालिगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका अध्यक्ष युवा आध्यात्मिक व्यक्तित्व चैतन्यकृष्ण गुरुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बिश्व हिन्दु महासंघका सल्लाहकार संयोजक नारायण प्रसाद अधिकारीले शुभकामना मन्तब्य राख्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने बताउदै कार्यक्रम सफलताको  कामना गर्नुभएको थियो |

सस्थांका उपाध्यक्ष बेदनिधी शर्मा ,सनातन धर्म सेवा समितिका अध्यक्ष रबिन्द्र माकाजु , गुरु श्री हरि गिरि ,बिश्व हिन्दु महासंघ युवा समिति कास्की अध्यक्ष युबक लामिछाने ,आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेल लगायतले बोल्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक  सन्देस जाने साथै पर्वहरुको बैज्ञानिक महत्व बारे बुझ्न सहयोग पुग्ने बताउनु  भएको थियो  |

कार्यक्रम बिश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य बिश्व हिन्दु महासंघ नगर महिला अध्यक्ष मेनुका बरालले गर्नु भएको थियो | कार्यक्रमको संचालन संस्थाका अध्यक्ष पार्वती बरालले गर्नु भएको कार्यक्रम न्यु ईरा पार्टी प्यालेस   ५०० जना व्यक्तिहरुको सहभागिता भएको थियो

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला