देशैभर चिसो वढ्यो,सजग हुन डाक्टरको आग्रह

ZEN Travels

पर्वत ।
वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।
काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ ।

तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चिसो क्रमिक रुपमा बढ्ने क्रममा रहेको छ ।
तापक्रम घटेपछि काठमाडौँ उपत्यका लगायत देहभरमा बिहान र बेलुकी बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको उहाँले बताउनुभयो । लामो समयसम्म पानी नपरेकाले धूलोका कारण वायुमण्डल प्रदूषित भएको मौसमविद् अर्यालले बताउनुभयो । अझै केही दिन पानी नपर्ने बताइएको छ । उपत्यकाको अझै तापक्रम घटेर शून्य डिग्रीमा पुग्ने अनुमान गरिएको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिकलाई सजग गरिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला