‘नेपालको विकासमा लगानी आवश्यक ’– एनआरएन प्रतिनिधी गोविन्द् सुवेदी [५ तस्बिर सहित]

ZEN Travels

मेरो जिल्ला डट कम, स्पेन ।
एनआरएन का केन्द्रि प्रतिनिधी गोविन्द् सुवेदी युरोपका उपसमंयोजक एकराज गिरि समाजसेवी तुलसी लामिछाने लगायतका सरोकार राख्नेहरुले यस्तो धारण राखेका छन् ।उनीहरुले त्यहाँका नागरीकहरुलाई नेपालको विकासमा लगानी गर्न पनि पहल गरेका छन् ।
स्पेनको म्याड्रिड महानगरपालिकामा आयोजना भएको नेपाल प्रमोसन पर्यटन मेला तथा विश्व जलबायु परिबर्तन बिषयक कार्यक्रममा सो आवज उठाएका हुन् । सो ,अवसररमा एडमन हिलारी फाउन्डेसनका सदस्य उनका नाति लगाएत नेपालाई माया गर्ने स्पेनिस नागरिकहरु सँग नेपालमा पर्यटन लगाएत महत्वपूर्ण सहयोग पुराइ रहेका ब्यक्तिहरुको माझमा भेटघाट तथा छmफल भएको थियो ।
सो अवसरमा बोल्दै सुवेदीले नेपाल विश्वमा प्राकृतिक सम्पदाको हिसावले चर्चा गर्न लाएका भएको बताए । उनले सो अवसरमा सहभागी सवैलाई नेपालको भ्रमण गर्न पनि आग्रह गरेका छन् । सुवेदीले नेपालमा रहेका नागरीकहरु भुकम्प पछि आर्थिक हिसावले कम्जोर रहेको भन्दै सवैले सक्रात्मक सहयोग गर्नुपर्ने धारण राखेका छन् ।
स्पेन भ्रमणमा रहेका लुम्बिनी नगरका नगर प्रमुख मनमोहन चौधरी, कुश्मा नगर पालिकाका प्रमुख रामचन्द्र जोशी लगायत एन आर एनका केन्द्रीय प्रतिनिधि गोबिन्द सुवेदी, युरोप उपसम्योजक एकराज गिरि समाजसेबी तुलसी लामिछाने लगायत प्रतिनिधि नेपालको विकासमा सहयोग गर्न सरोकरवालाहरु मझमा जुटेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला