नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

ZEN Travels

नेपालगन्ज –
नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा सम्पन्न सुनुवाई कार्यक्रम ५ बुदें साझाँ प्रतिबद्धताको घोषणा गर्दै सम्पन्न भएको हो । कार्यक्रमका बिच गरिएका प्रतिबद्धताहरुमा नगरभित्र छाडा चौपाया नियन्त्रणका लागि आवश्यकता अनुसार काञ्जि हाउस निर्माण गर्ने, अवकास प्राप्त राष्ट्रसेवक कर्मचारीहरुबाट उपमहानगरपालिकालाई आवश्यक सहयोग लिन लागत संकलन गर्ने, उपमहानगर भित्र टाङ्गा, फुटपात ब्यवस्थापनका लागि तत्काल कार्ययोजना बनाउने, नगर क्षेत्र भित्रका शैक्षिक संस्थाहरुको गुणस्तरीयताकालागि नियमित अनुगमन गर्ने तथा नियमन हुन बाकी संस्थाहरुको नियमन गर्ने र सरसफाईमा खटिने कर्मचारीहरुको कार्य सम्पादनमा प्रभावकारीताका लागि कार्य सम्पादन बिवरण तयार गर्ने प्रतिबद्धता गरिएको छ । सुनुवाईमा सरोकारवालाको रुपमा आसिन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, उप प्रमुख उमा थापा, वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरु र सहभागिहरु बिच झण्डै अढाई घण्टा चलेको प्रश्नोत्तर पश्चात सो सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको थियो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा उपमहानगरपालिकाले गरिरहेका क्रियाकलापहरुको बारेमा प्रमुख सरोकारवालाको रुपमा आसिन नगर प्रमुख डा. धवल शम्शेर राणाले जानकारी गराएका थिए भने बासले सार्वजनिक सुनुवाईका पूर्व उपमहानगरको सेवा सुविधाका बारेमा नगरबासिहरुबाट लिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतबाट प्राप्त सर्बेक्षणको नतिजा बासका उप निर्देशक हेमराज भट्टले प्रश्तुत गरेका थिए बास केन्द्रीय सदस्य शिब कुमार बर्माले स्वागत गरेको सुनुवाईमा नगर प्रमुख राणा, उप प्रमुख उमा थापा मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत मन प्रसाद रेग्मी, वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, वडा नं. २ का सुनिल सिंह हमाल, वडा नं. ५ का कैफुलवरा जोलाह, वडा नं. ६ का समिर प्रताप सिंह, वडा नं.७ का जुम्मन खाँ, वडा नं. ९ का बिष्णु बहादुर लामा, वडा नं. १० का बिन्दु भुषण बस्नेत, वडा नं. १५ का वल्लन कबडीया, वडा नं. १७ का अजय कुमार पाठक, वडा नं. १८ का दिपक कुमार बर्मा, वडा नं. १९ का परसराम कुर्मी, वडा नं. २० का कृष्ण कार्की, वडा नं. २१ का बिद्याराम बर्मा, वडा नं. २२ का बिद्याराम बर्मा, वडा नं. २३ का मो. हुसेन शेष, नगरकार्यपालिका सदस्यहरु बसन्ता जोशी, ईन्दीरा कुमारी शाही, कौषल कुमार धोबी, नगरपालिकाका बरिष्ट कार्यक्रम अधिकृत शरद पौडेल, सामाजिक विकास शाखाका कृष्ण प्रशाद जोसी, लेखा अधिकृत राजन केसी, आलेप खिमानन्द अर्याल लगायतको उपस्थिती रहेको थियो । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सुनुवाईमा २४० बढीको सहभागिता रहेको थियो । सुनुवाईको स्थानिय रेडीयो सद्भाव एफ एम ९१.२ मेघाहर्जबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला