पर्वतः सांसद विकास कोषको ४ करोड स्थलगत अनूगमन पछि दिने सोच

ZEN Travels

मेरो जिल्ला डटकम संवाददाता,पर्वत ।
यहाँका जनप्रतिनिधीहरुले नगरपालिका तथा गाउँपालिकामा निमार्ण भएका योजनाहरुमा सहकार्य गर्न सासंदरुलाई आग्रह गरेका छन् । प्रतिनिधी सभाका सासंदरुले सांसद विकास कोषको ४ करोड खर्च गर्न पाउँने व्यवस्था छ ।
कुश्मामा आयोजना भएको सांसद विकास कार्यक्रमको माग बिषयक छलफलमा उनीहरुले प्रतिनिधी सभाका सासंद पद्म गिरी,लालकाजी गुरुङ, संग यस्तो माग गरेका हुन् । ७ बटै स्थानीय तहका जनप्रतिनिधीहरुले राखेका मागका सम्बन्धमा सांसदहरुले निणर्य अवलोकन पछि गर्ने जनाएका छन् । उनीहरुका माग टिपोट गरेको समन्वयय अधिकारी बिष्णु प्रसाद भुषालले बताए । जनप्रतिनिधीहरु सवैले आआफनो क्षेत्रमा निमार्ण भएका योजनाहरुमा सांसदहरुले सहकार्य गर्न आवश्यकता रहेको औंलाएका छन् ।
फलेवास नगरपालिकाका मेयर पद्मपाणी शर्माले सवै योजनाहरु स्थानीय तहले निमार्ण गरिसकेको बताए । ‘स्थानीय तहका जनतालाई सरोकार राख्ने सवै योजनाहरु शुरुवातको चरणमा छन् ,’ शर्माले भने,‘ केही योेजनाहरु कार्यान्वयन ग¥यौ,पर्याप्त बजेको अभावमा अगाडी लैजान ग्राहो छ ।’ यहाँका सवै जनप्रतिनिधहिरुले ठूलापूर्वाधारका योजनाहरु मध्य खानेपानी,सडक,सिचाँई,शिक्षा,स्वास्थ्य लागायतका कार्यहरु जनताका अपेक्षाका योजना रहेको सुनाए । कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले नगरपालिकाले यहाँका १४ वटै वडाका नागरीका मागको आधारमा विकासका काममा सहकार्य गरेको वताइन् । ‘ कुश्माका सवै वडाहरुलाई जोडन रिङ्गरोड पहिलो प्राथमिकता हाम्रो हो,’ लामिछानेले भनिन् ,‘ अन्य महिला,दलित,युवा स्वरोजगारका कार्यक्रमहरु लगायत योजनामा छन् ,सासंदहरुले सहकार्य गर्न आवश्यक रहेको बताइन् ।’ कुश्माको जिल्ला प्रशासनमा भएको कार्यक्रममा समन्वय प्रमुख मनोहर वि पौडेल,प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको समेत सहभागिता थियो ।
जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले पनि अन्य जनप्रतिनिधीहरुले राखेका मागहरु सासंदको तर्फवाट माग गरेका छन् । उनले हम्पाल ताल , मटर बाटो ,बगर बेनी कालीगण्डकी तटबन्ध खानेपानी,बिपन जनता तथा युवा,महिला तथा बालबालिका ,दलितहरु लगायतो जीवनस्तर सुध्रान निमार्ण भएका योजनाहरु सहकार्य सहित थप बजेट सासंदहरुसंग माग गरेका छन् । यस्तै,मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल,विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषाल,पैंयु गाउँपालिकाका प्रतिनिधीले समेत आफुनो गाउँपालिकाले निमार्ण गरेका योजनाहरुमा सासंदहरुको सहकार्यको अपेक्षा गरेका छन् ।
सासंदहरुले मागको आधारमा योजना वनाएर सहकार्य सहित काम गर्ने जनाएका छन् । सासंद विकास कार्यक्रमका सचिव एवंम समन्वय अधिकारी बिष्णुप्रसाद भुषालका अनुसार सासंदहरुले थोरै लागतमा धेरै जनतालाई सरोकार राख्ने खालका योजनाहरुको स्थलगत अवलोकन पछि निर्णय गर्ने बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला