पर्बतका लक्ष्मण पौडेल Guinness Book Of World Record मा नाम लेखाउन सफल

ZEN Travels

सहभागी हुन पाउनु नै एक सुनौलो अवसर मानेका लक्ष्मणले आफ्नो कम्पनिले रेकर्ड राख्नु र आफु त्यसको एक  सदस्य हुनु त जीवनको अत्यन्तै सुखद क्षण मानेको मेरो जिल्ला .कम संगको कुराकानीमा बताउनु भएको छ  |

पर्बत जिल्ला कुश्मा नगरपालिका २ निवासी हाल यूएईमा रहनु लक्ष्मण पौडेलले Guinness Book Of World Record मा आफ्नो नाम लेखाउनु भएको छ |

यूएईको flag day को अबसरमा अल खबानीज (कुरान पार्क)मा 7 दिन सम्म साईकल चलाएर गिनीज वर्ल्ड रेकर्ड राख्न पाउदा खुसिले हर्षित छु हामि संगको कुराकानीमा भन्नु भयो |

यूएईको सेक्युरिटी ग्रुप Dubai SIRA (security industry regulatory agency) ले “Emirates the capital of security and prosperity” भन्ने नाराका साथ आयोजन गरेको उक्त कार्यक्रम मा दुबई पुलिस, दुबई सेक्युरिटी कम्पनी लगाएत अन्य private तथा public टीमहरूको सहभागिता रहेको थियो, जहाँ सात जना सँगै बसेर चलाउन मिल्ने union bike को प्रयोग गरिएको थियो भने दुबई लगाएत बिभिन्न देशका ब्यक्ति आ- आफ्नो  कम्पनीको टीम मार्फत साइकल चलाएका थिए, November 1 देखी novenber 7 सम्म लगातार साईकल चलाएरर 1971 किलोमीटर को दूरी 153:23:06 घण्टा मा पार गरी SIRA Dubai द्वारा वोर्ल्ड रेकर्ड बनाइएको थियो  भने आफु ARAKN नामक कम्पनि बाट सहभागी भएको  हामीलाई बताउनु भएको छ  |  सहभागी हुन पाउनु नै एक सुनौलो अवसर मानेका लक्ष्मणले आफ्नो कम्पनिले रेकर्ड राख्नु र आफु त्यसको एक  सदस्य हुनु त जीवनको अत्यन्तै सुखद क्षण मानेको मेरो जिल्ला .कम संगको कुराकानीमा बताउनु भएको छ  |

सानै देखि केहि शान्त स्वभाव र फरक काम गर्न रुचाउने लक्ष्मणले भिन्न देशमा रहेर पनि आफ्नो गाउँ , जिल्ला र समग्र देशको नाम राख्न सफल भएको खबरले आफु अत्यन्तै हर्षित भएको उहाँलाई सानै देखि पढाउनु भएका गुरु देवराज पौडेलले बताउनु भएको छ | यो शुभ दिपावलीको अवसरमा हामीले हाम्रो बिद्यार्थी हाम्रो बाबुलेले गरेको प्रगति प्रति हर्षित छौ हामि संगको कुराकानीमा भन्नु भयो |

 

 

मेरो जिल्ला.कम परिवार हामि लक्ष्मण पौडेल लाई हार्दिक बधाई तथा आगामी जीवनमा पनि देशको नाम राख्न सफल हुनुहोला सत् सत् कामना गर्दछौ |

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला