आर्थिक सहायतामा विभेद, निकटकालाई करोडौं, पहुँचविहीनको निवेदन अलपत्र

ZEN Travels

काठमाडौं ।

राजधानी काठमाडौंबाट आज प्रकाशित कान्तिपुरबाहेक सबै राष्ट्रिय दैनिक पत्रिकाको प्राथमिकतामा सुजाता कोइराला निवासमा भएको कांग्रेस नेताहरुको भेला परेको छ । पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट नेताहरुबीच भएको जमघटलाई पत्रपत्रिकाहरुले उनीविरुद्धको मोर्चाबन्दीका रुपमा अर्थ्याएका छन् ।

नेकपामा देखिएको सांगठनिक शिथिलतालाई पनि आजका केही पत्रिकाहरुले उठाएका छन् । नेकपाको स्थायी समिति बैठक नै चार महिनादेखि बस्न सकेको छैन भने पोलिटब्यूरो त अहिलेसम्म गठन नै हुन सकेको छैन । कारण, नेता कार्यकर्तामा निराशा छाउन थालेको छ । अन्नपूर्ण र नयाँ पत्रिकाले यही कडीसँग जोड्दै संगठनमा देखिएको शिथिलताले नेता–कार्यकर्ता उत्सासहविहीन बन्दै गएको लेखेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला