कैदि बन्दिहरुको भाईटिका र कूस्ती

ZEN Travels

बिरगंज ।
बिरगंज कारागार मा रहेका १२ सय कैदि बन्दिहरु मध्ये ४३५ जना ले भाईटिका थापेका छन् । देश भरीका ७७औँ जिल्लाहरु का कैदि बन्दिहरु विरगंज कारागार मा भएको ले भाई पुजा गर्नको लागी बिहानै देखी सडक मा घुँईचो लागेको थियो । भाईटिका को समय अनुकुल विशेष सुविधाका लागी विरगंज कारागार ले २ घण्टा अगाडिनै बिहान ९ बजे देखी भाईटिका लगाउने गरेका थिए । टाडा–टाडाबाट आएका दिदि बहिनीहरु ले विरगंज कारागारमा रहेको भेटघाट कोठामा दाजु भाई लाई दिदि बहिनी हरु ले भाई पुजा गरिएको थियो । कारागार भित्र रहेका छिमेकी मुल्क भारतका विभिन्न सजाय मा परेका कैदि बन्दिहरु लाई पनि नेपाली दिदि बहिनीहरु ले उँहाहरु लाई भाई पुजा गरी दाजु भाई को साईनो लगाएको विरगंज कारागार का निमित्त प्रमुख दिपक यादवले बताउनु भएको छ ।
हिन्दु धर्मावलिम्बहरु को महानपर्व शुभ दिपावली र छठपर्व को अवसरमा अन्तराष्ट्रिय नेपाल भारत र बंगला देश का प्रख्यात पुरुष तथा महिलाहरु को विशाल कुस्ती प्रतियोगीता सम्पन्न भएको छ । शुभ दिपावली र छठपर्व को अवसर पारी प्रत्येक वर्ष मनाईने बृहत अन्तराष्ट्रिय कुस्ति प्रतियोगितामा महिला र पुरुष गरी ४० जना पहलवानहरु ले प्रतिष्पर्धा गरेको हो । । जिल्ला बारा, विश्रामपुर गाउंपालिका को चौरीमा भएको खुला कुस्ती प्रतियोगितामा नेपाल बिरगंजका पहलवान मोखतार अनसारीले बंगलादेशका अयुब पहलवान लाई हराई प्रथम जित हांसिल गरेका थिए । त्यसै गरी महिला पहलवान तर्फ नेपाल सुनसरी का अनिता राई ले भारत युपी का सारदा पहलवान लाई हराई प्रथम स्थान हांसिल गरेको थियो । जुनियर पहलवान तर्फ भारत गोरखपुर का सिकन्दर पहलवानले नेपाल सर्लाही का गोलु पहलवान लाई हराई प्रथम भएका छन भने बांगला देश का जुबैर पहलवान ले बिहार पटना का अरुन पहलवान लाई हराई दृतिय स्थान हासिल गरेका छन । अन्तराष्ट्रिय नेपाल भारत र बंगला देश विशाल कुस्ती प्रतियोगीताका अध्यक्ष अमिरीलाल पाल र प्रमुख अतिथि प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादब. विशिष्ठ अतिथिमा नेकपाका नेता बसरुद्दीन अनसारी.ज्वाला साह.उधोग पती अजय प्रजापती.शम्भु पण्डित लगायतको उपस्थीती रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला