धान खेतीमा मुसा सल्केपछि प्रशाशनमा गूहार ।

ZEN Travels

पर्वत ।
धान थन्काउने समयमा कुश्मा नगरपालिका–११ सिल्मीका बासीन्दा गुहार माग्न पर्वत प्रशासनमा आएका छन् । फाँटमा पाकेको धान मुसालेसखाप पारेपछि कृषकहरुले प्रशासनमा गुहार मागेका छन । धान रोपेको मध्य ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै नियन्त्रणको मागगर्दै जिल्ला प्रशासन पर्वतमा निवेदन दिएका छन् ।
२ सय रोपनी क्षेत्रफलमा रोपाई हुने फाँटमा धानका वाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरुले मुसाको दिर्घकालिन समाधानका लागि कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन पर्वतमा मुसा नियन्त्रणको माग राख्दै निवेदन दिएका हुन् ।
निकै खर्च गरेर रोपेको धान थन्काउने समयमा मुसाले नष्ट गरेका कारण उनीहरु निराश छन् । उनीहरुले खेती गर्दै आएको फाँटमा मुसाको समस्या बढेका कारण नियन्त्रणको पहल गरी क्षेतीपुर्तिको माग गर्न प्रशासन आएको कृषक कमल नारायण पौडेलले बताए ।
विभिन्न स्थानीय देखी आयातित धानको खेती गर्दा समस्या भएको कृषकहरुले बताएका हुन । कृषकहरुको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कृषकहरुको समस्यामा सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । समस्या समाधान गर्न कृषि विभाग प्रदेश कृषि मन्त्रालय सम्म समाधानको प्रयास खोजिदिन आग्रह गर्ने उनले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला