जलजलाका अध्यक्ष मल्लको युरोप भ्रमण,लगानीको वातवराण निमार्णमा केन्द्रित

ZEN Travels

पर्वत-

युरोपले गरेको विकास मोडालिटीलाई अध्ययन गरि प्रयाप्त संभावना बोकेको जलजला गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र अन्तराष्ट्रिय स्तरको लगानी भित्राउने उद्देश्य बोकेर जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ साताव्यापी भ्रमणको निम्ति युरोप प्रस्थान गर्नुभएको छ । सो भ्रमणमा उहाँकी धर्मपत्नी राधिका मल्ल पनि सहभागी हुनुहुन्छ ।

एकसाताको समयमा अध्यक्ष मल्लले युरोपका विभिन्न देशको भ्रमण गर्ने जनाईएको छ । विदेश भ्रमणका क्रममा युरोपको विकास सँगै त्यहाँ रहेका नेपालीहरुको अवस्था र जलजला गाउँपालिको पर्यटन लगायत समग्र क्षेत्रको विषयमा छलफल गर्ने र लगानीका लागि आहान गर्ने अध्यक्ष मल्लको योजना छ । प्रवासीहरुको चासो जलजलाको पर्यटकिय क्षेत्रमा बढिरहेको सन्दर्भमा मल्लको भ्रमणले जलजला र प्रवासी नेपालीहरुले पनि लगानी गर्ने बाताबरण बन्ने अपेक्षा गरिएको छ ।

जलजलाले हम्पालको विकासका लागि डिपिआर समेत बनाउँदै छ । जलजला गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरेर पूर्वाधार विकास गर्न गुरुयोजनामा अन्तराष्ट्रिय समूदाय र बिदेशमा रहेका नेपालीहरुलाई लगानी गर्न आव्हान गर्ने अध्यक्ष मल्लले बताउनुभयो ।

गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्न चालू आर्थिक वर्षदेखि पूर्वाधार निर्माणका काम थाल्ने गरी योजना तयार पारिएको छ । तर, वजेटको प्रर्याप्तता छैन । यूरोप भ्रमणमा आफ्ना योजनाको बारेमा व्रिफिङ गर्ने र त्यहाँका नगरपालिकासंग भगिनी सम्वन्ध स्थापित गरि दुई पक्षिय सम्बन्ध विस्तार गर्ने योजना रहेको जनाइएको छ । जलजलाले पर्वत बेनीदेखि हम्पाल लेकसम्मको पर्यटकीय पदमार्गको पहिचान गरिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला