एमालेले सहकार्य गर्न नमान्दा ‘जनयुद्ध’ गर्नुर्पयो अध्यक्ष दाहाल

ZEN Travels

काठमाडौं-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्यूनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालीन  नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताउनुभएको छ ।
बुधबार नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता प्रशिक्षण भेलामा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दाहालले तत्कालीन समयमा जनयूद्धको विकल्पको रुपमा नेकपा एमालेसंग सहकार्य गर्न खोजिएको खुलासा गर्नुभयो ।
तत्कालीन एमाले महासचिव मदन भण्डारीसंग पनि पटक–पटक पार्टी एकताको प्रयास भएको उहाको भनाइ थियो । दाहालले ‘नेपाली कम्युनिष्ट इतिहासलाई विश्वमा नयाँ उचाई दिन एमालेका महासचिव भण्डारीसँग एकताको प्रयास भए पनि एकता अगाडि नै भण्डारीको दुर्घटनामा ज्यान जाँदा पार्टी एकताको प्रयास असफल भएको बताउनुभयो ।
दाहालले जनयुद्ध सुरु भएका पाँच वर्षमै नेकपा एमालेसँग पटकपटक गोप्य वार्ता भएको स्मरण गर्दै जनयुद्धमा पनि धेरै सहकार्य हुने गरेको जानकारी दिनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला