चितवनको कालिकाका २४ वर्षेयुवक ४ दिनदेखि बेपत्ता, खोजीकार्य तीव्र पारेका छौं – डिएसपी ज्ञवाली

ZEN Travels

शिशिर सिंखडा
भरतपुर, चितवन ।
पूर्वी चितवनको कालिकानगरपालिका वडा नं. ६ बाग्लुङ्गेटोलका एक युवक ४ दिनदेखि बेपत्ताभएका छन् । २४ वर्षीय सुदिप सापकोटा गत २६ गते सोमबार विदेश यात्राको लागिआवश्यक सामान खरीद गरी फर्कने क्रममाउनी घर नआइपुगेको उनकाबुबागंगा प्रसाद सापकोटाले बताए ।
नारायणगढ बजारमा सामान खरीद गरी पुलचोकबाट करिव बेलुका ५ बजेको समयमा छोरा म्याजिक गाडी चढी क्याम्पस गेटतर्फ गएको र आफू नारायणगढबाट मोटरसाइकलमागौरीगञ्जजाने कामभएकोले गएको उनले बताए । क्याम्पसगेटमा म्याजिकबाट छोरा ओर्लिएको जानकारी पाएपनिउनीअहिलेसम्म कहाँ छन्, थाहाहुननसकेको उनले बताए । भारतको दिल्ली स्थित कलेजबाट कम्प्युटर इन्जिनियर पास गरेका सुदिपको आगामीमंसिर ४ गते अष्ट्रेलियाजाने विद्यार्थी भिसा समेत लागि टिकट समेत लिइसकेको र छोरा अचानक बेपत्ताहुँदा परिवारमा रुवाबासीचलेको छ । उनले गतअसोज ३ गते प्रेमिका सरिना पोखरेलसँगविवाह समेत गरेका थिए ।
परिवारका २ छोरा मध्ये जेठा छोरा बेपत्ताहुँदा सापकोटा परिवारमात्रहोइन स्थानीयहरु समेत अचम्मितभएका छन् । छोराको कुनैत्यस्तो बेपत्ताहुनुपर्ने कारण नभएको भन्दै सुदिपको आमासिता देवी सापकोटाले छोराको खोजी गरिदिन सबैसँग आग्रह समेत गरेकी छन् ।
बेपत्ताभएका सुदिपको मोबाइलमा ब्याट्रीको चार्ज कम रहेको र सामानकिनेर फर्कने क्रममा मोबाइल भरतपुर क्षेत्रमै स्वीचअफभएको हुन सक्ने उनकाबुबागंगा सापकोटाले बताए । त्यसपछि आफू गौरीगञ्जबाट फर्किएर घर आउँदासम्म छोरा घर नआई पुग्दाअचम्मितभएको उनले बताए ।त्यसपछि उनले प्रहरीलाई खबर गरी स्थानीयहरु सहितजंगल क्षेत्र हुँदै भरतपुर एवम् नारायणगढ क्षेत्र छोरा खोज्न गएको उनले बताए ।
खोजीकार्य तीव्र पारेका छौं – डिएसपी ज्ञवाली
घटनाको सम्बन्धमाप्रहरीले अनुसन्धानका साथसाथै खोजीकार्य समेत गरिरहेको जिल्लाप्रहरी कार्यालय चितवनकाप्रहरी नायव उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । प्रहरीले सुदिपको टेलिफोनको कल डिटेल लिएको र थप अनुसन्धान गरिरहेको उनले बताए । साथै जनपथप्रहरी, सशस्त्रप्रहरी र स्थानीयहरुले भोजाड पदमपुर खण्डको जंगल क्षेत्रमापनि दैनिक रुपमाखोजतलास एवम् सर्च अभियान गरेको समेत उनले बताए ।
स्थानीययुवक सुदिप सापकोटा बेपत्ता भएपछि उनको गाउँघरमा समेत सन्नाटा छाएको छ । स्थानीयहरु दैनिकउनको घरमा जम्माहुने, जिल्लाप्रहरी कार्यालयमागई घटनाको बारेमा जानकारी लिने र जंगल क्षेत्रमाखोजीकार्यमा समेत जुटेका छन् । घटनाको सन्दर्भमा चितवनका क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेश सभाका सांसद घनश्याम दाहालले पनिचासो दिइजिल्लाप्रहरी कार्यालय चितवनमापुगी घटनाको बारेमा यथार्थ पत्तालगाई खोजीकार्य तीव्र बनाउनप्रशासनलाई अनुरोध समेत गरेका छन् ।विभिन्नव्यक्तितथा संघ संस्थाद्वारा सामाजिक सञ्जालमार्फत बेपत्तासुदिप

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला