क्रिकेट संघ पर्वतमा केसी

ZEN Travels

पर्वत-

जिल्ला क्रिकेट संघ पर्वतको अध्यक्षमा रेशमबहादुर केसी निर्बिरोध चयन भएका छन् । उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिवमा दिपेन्द्र शर्मा लामिछाने,कोषाध्यक्षमा शिव श्रेष्ठ, सदस्यमा सरोज लम्साल, अजय लामिछाने र सञ्जय कँडेल छन् । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा कात्तिक ४ गते बसेको भेलाले केसीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो ।

समितिको विशेष सल्लाहकारमा शिव शर्मा बाँस्तोला र मोहन आचार्य छन् । संघका अध्यक्ष केसीले आगामी दिनमा पर्वतको क्रिकेट विकासका लागि महत्वपूर्ण कार्य गर्ने उद्देश्यका साथ संघ गठन गरिएको बताए । उनले भने, ‘गण्डकी प्रदेशलाई खेलकुदको केन्द्र बनाउन सम्बन्धित निकाय लागिपर्दा हाम्रो पनि दायित्वबोध होस् भन्ने बुझेर संगठित भएका हौं ।’ उनले पर्वतमा क्रिकेट मैदानको अभावका कारण
पनि ड्युज बल खेल्ने खेलाडी अत्याधिक मात्रामा भएको उल्लेख गर्दै स्तरीय खेलाडी रुपमा विकास गर्न संघको विशेष पहलकदमी रहने
बताए । उनका अनुसार सोमबार जिल्ला खेलकुद विकास समिति पर्वतमा संघ दर्ता गरिएको छ

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला