ठुलीपोखरीका प्रत्यक घरघरमा खानेपनीको पहुँच पु¥याउन सम्भाब्यता अध्यायन

ZEN Travels

कुश्मा ।
कुश्मा नगरपालिका १२ ठुलीपोखरीका घर घरमा खानेपनीको पहुँच पुग्ने भएको छ । बिहिबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, सासंद पदम गिरि, गण्डकी प्रदेश भौतिक योजना मन्त्रालय, खानेपानी डिभिजन कार्यालय बागलुङ, कुश्मा नगरपालिकाका वडा नं १२, १३ र १४ आर्थर, खौला र ठुलीपोखरीले पहल गर्ने प्रतिवद्द्ता व्यक्त गरेका छन् ।
ठुलीपोखरीको काकाकुल अवस्थाको अन्त्य गर्ने राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले वताएका छन् । खानेपानीको पहुँच सिमित क्षेत्रमा रहेको भए पनि
अधिकाशं स्थानका नागरीकहरुले पहुँच बाहिर थिए । सहज रुपमा खाने पानी उपलव्ध नहँदा उनीहरुको दैनिकीमा समेत समस्या रहेको थियो ।


कुश्मा नगरपालिका १४ आर्थर चिलाउने खोलाबाट कुनपा १३ खौला हुदै कुनपा १२ ठुलीपोखरीको खानेपानी योजना सर्वे गर्न यहाँका सरोकारवालाहरुको समूह पंचासे लेकमा पुगेको हो ।साविकको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्वतले त्यहाँका बाटुलेचौर र आसपासका स्थानीयलाई लक्ष्ति गरेर सोलार स्टिमबाट खानेपानी बिस्तार गरेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला