मानवअधिकार बिरुदका घटना पर्वतमा शून्य ।

ZEN Travels

पर्वत ।
पर्वतमा चालु आर्थिक बर्षको यो समयमा आईपुग्दा मानवअधिकार सवरुदका घटनामा कमी आएको तथ्याङक बाहिरिएको छ । बुधबार पर्वतमा आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको क्षेत्रीय कार्यालय पोखराको टोलीले बिहिबार यहाँ मानवअधिकार सम्बन्धि घटनाको अनुगमन गरेको थियो । इन्सेक क्षेत्रीय कार्यालय पोखराका प्रमुख शिव खकुरेल सहितको टोलीले मानवअधिकार सम्बन्धि घटना अनुगमन गरेको हो ।
अनुगमनका क्रम्मा प्रजिअ ढकालले यहाँ पछिल्लो समयमा बलात्कार, लागु औषध र सार्वजनिक अपराधका घटनाहरु बढी आएको बताउँदै मानव अधिकार उल्लंघनका घटनाहरु कमी रहेको बताए । सार्वजनिक अपराध अन्तर्गत बढी मात्रामा जुवातास, चोरीका घटना रहेको गुरुदत्त ढकालले जानकारी दिए ।
यस्तै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले समेत मानव अधिकार उल्लंघन सम्बद्ध घटनाका उजुरीहरु नआएको बताए । प्रहरी कार्यालयमा महिला हिंसा, लागुऔषध, जुवातास, आत्महत्या सम्बद्ध घटना भने धेरै दर्ता हुने गरेको उनले बताए । भेटका क्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले पर्वतका स्थानीय तहहरुबाट सूचना प्राप्त गर्न असहज भएको गुनासो गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला