किचनमार्फत विश्वभर चर्चित भएकी युवती

ZEN Travels

बीबीसी।

भनिन्छ, भारतका अधिकांश महिला आफ्नो जीवनको ठूलो भाग किचनमै बिताउँछन्। तर त्यही किचनमा उभिएर उनीहरु पूरै विश्वभर चर्चित पनि हुन्छन्। र, यसलाई सावित गरेकी छन् गरिमा अरोडाले।

मुम्बईमा जन्मिएकी गरिमा पेशाले शेफ हुन्, जो थाइल्याण्डको बैंककमा ‘गा’ नामको रेस्टुरेन्ट संचालन गर्छिन्। ३० वर्षीया गरिमा आफ्नो रेस्टोरेन्टकालागि  मिशेलिन स्टार हासिल गर्ने पहिलो भारतीय महिला बनेकी छन्।

फूड इण्डस्ट्रीमा कुनै रेस्टोरेन्टलाई मिशेलिन स्टार प्राप्त हुनु निकै सम्मानका रुपमा लिइन्छ। जुन रेस्टुरेन्टसँग मिशेलिन स्टार हुन्छ उक्त रेस्टोरेन्टलाई उत्कृष्ट श्रेणीको रेष्टुरेन्ट मानिन्छ। यहाँ सम्म आइपग्ने गरिमाको कथा निकै रमाइलो छ।

बटर चिक र परौठाका शोखिन पंजाबी परिवाबाट आएकी गरिमा अरोडालाई बाल्यकालदेखि नै खानासँग विशेष लगाव थियो। घरमा उनले आफ्ना बुवाले विभिन्न प्रकारका व्यञ्जन बनाएको देखेकी छन्। त्यही कारण नै उनको रुची पनि खानाप्रति हुन पुग्यो। ‘मेरा बुवा ९० को दशकमा इटली र मध्यपूर्वको यस्तो डिश बनाउनु हुन्थ्यो, जसका विषयमा भारतमा धेरैलाई जानकारी होला,’ उनले भनिन्।

गरिमाले मुम्बईको जय हिन्द कलेजबाट आफ्नो पढाइ पूरा गरेकी छन्। त्यसपछि उनले केही समय मुम्बईमा पत्रकार रुपमा पनि काम गरिन्। पछि उनले आफ्नो रुचीका विषयमा काम गर्नुपर्ने ठानिन्।

२१ वर्षकी हुँदा गरिमा आफ्नो सपनालाई पछ्याउँदै पेरिस पुगिन्। पेरिसमा उनले चर्चित कार्डन–ब्यू कलिनरी स्कुलमा शेफको अध्ययन गरिन्।
त्यसपछि उनले दुबई, डेनमार्क र कोपनहेगनको ठूला र चर्चित रेस्टुरेन्टमा काम गरिन्। गरिमाले चर्चित शेफ गगन आनन्दसँग पनि काम गरिसकेकी छन्।

एक अप्रिल २०१७ मा गरिमाले आफ्नो रेस्टोरेन्ट ‘गा’ खोलिन्। ‘मेरो रेस्टुरेन्टमा खाना खाँदा तपाइँलाई यस्तो लाग्छ की तपाइँ कुनै घरमा खाना खाइरहनु भएको छ। हाम्रो उद्देश्य हाम्रा पाहुनालाई राम्रो अनुभव र खुशी दिनु हो,’ उनले भनिन्।

खाना बनाउँदा गरिमालाई गजबको सन्तुष्टि मिल्छ। गरिमा आफ्नो रेस्टुरेन्टमा आउने पाहुनलाई विभिन्न प्रकारका व्यञ्जन खुवाउँछिन्। उनको परिकारमा भारतसमेत कयौं देशको स्वाद मिसिएको हुन्छ।

कुनै रेस्टोरेन्टले मिशेलिन स्टार निकै ठूलो कुरा हो। यो स्टार कुनै पनि रेस्टुरेन्टको उत्कृष्टताको पहिचान हो। र, यस्ता रेस्टुरेन्टको कमाइ पनि रातारात बढ्छ। मिशेलिन प्रत्येक वर्ष आफ्नो एक गाइट जारी गर्छ। २०१९ को गाइडमा गरिमाको रेस्टुरेन्टलाई स्टार दिएको छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला