नेबिसंघको म्याद फेरि थप्ने नेपाली काँग्रेस केन्द्रिय समितिको तयारी

ZEN Travels

काठमाडौं –

नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थीसंघको म्याद फेरि थपिने भएको छ । कांग्रेस केन्द्रीय समितिको भोली बस्ने बैठकले मंसिर २ गते सकिने नेविसंघ कार्यसमितिको कार्यकाल थप्न लागेको हो ।

भदौ २ मै दुईबर्से कार्यकाल सकिए पनि महाधिवेशन गर्ने गरी नेविसंघ अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद ३ महिना थपिएको थियो ।

तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि फेरि अवधि थप गर्न लागिएको हो । कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेविसंघको विधान र म्याद थपको टुंगो केन्द्रीय समिति बैठकले लगाउने जानकारी दिदै बैठकमा ‘अरु कुनै एजेन्डा नभएको बताउनु भयो ।

महर नेतृत्वको कार्यसमिति विघटन गर्ने कि म्याद थप्ने कांग्रेसमा मतभिन्नता देखिँदै आएको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले समूहले केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरेर तदर्थ समिति बनाइए समानान्तर समिति बनाउने चेतावनी दिएको थियो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला