एतिहासीक कालीका भगवती मन्दिर देबिस्थान बाटुलेचौर संरक्षण अभियान सुरु, आजिवन सदस्य बन्न रु २५ सय लाग्ने

ZEN Travels

पर्वत-

धार्मिक रुपमा निकै एतिहासीक कुश्मा नगरपालिका १२ मा रहेको कालीका भगवती मन्दिर, देबिस्थान बाटुलेचौर मन्दिर संरक्षणको अभियान सुरु गरिएको छ ।

तल्कानी समयमा यहाँ पुजा,आराधना गर्न पर्वत,स्याङजा,बाग्लुङ,म्याग्दी,कास्की लगायतका धेरै ठाउँहरुबाट भत्तजनहरु आउने गर्थे । पछिल्लो समयमा यसको प्रचारप्रसार नहुँदा,संरक्षणमा कसैले चासो नदिदाँ कालीका भगवती मन्दिर, देबिस्थान बाटुलेचौर ओझेलमा परेको हो ।
कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले भने,‘यो मन्दिरको बृहत प्रचार प्रसार, संरक्षण र संबद्र्धनका लागि सवैको सहयोगको खाँचो,‘ यहाँको मुख्य मन्दिर, धर्मावलम्बी बस्ने सत्तलदेखि पर्खालसम्म जीर्ण भएकाले निर्माणको प्रतिक्षामा छ । सवैले यसको मसन्दरको संरक्षणमा चासो दिनु आवश्यक छ उनले भने ।

मन्दिर संरक्षण अभियानमा स्वईच्चछाले ५ देखि १० हजारसम्म सहयोग गर्नेहरुको नाम मन्दिरले प्रकाशित गर्ने वार्षिक पुस्तकमा तीन पुस्ते सहित उल्लेख गरिनेछ । १० हजारदेखि माथि सहयोग गर्ने दाताहरुको स्मारिका सहित वोर्डमा सहयोगदाताको नाम सहित ३ पुस्तेलाई मन्दिर परिसरमा राखिने छ ।
भने,बर पीपलका लागि मन्दिर व्यवस्थापन समितिले तोकेको आकारमा चौतारी बनाउन तथा आफ्नो शिलालेख राख्न सकिने छ । आफ्ना कुल तथा पितृ उद्धारका लागि भवन, सत्तल बनाउने सहयोगदाताले आफ्ना पुर्खाका नाउँमा निर्माण गर्न सक्नेछन् । कालीका भगवती मन्दिर क्षेत्र विकास संस्थाको आजिवन सदस्य बन्न रु २५ सय लाग्ने जनाइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला