सरकारी विद्यालयमा चरम भ्रष्ट्रचार,बिल बनाउन हेडमास्टरको दौडधुप

ZEN Travels

झापा ।

झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका केही शिक्षक र व्यवस्थापन समितिको मिलेमतोमा आर्थिक अनियमितता हुँदै आएको तथ्य खुलेको छ।

विद्यालयले आर्थिक वर्ष २०७४ ०७५ मा वितरण गर्नुपर्ने रामनारायण मिश्र छात्रवृत्तिको दुई लाख एक हजार रुपैयाँ अझैं पनि वितरण गरेको छैन।

सो रकम छात्रवृत्तिका निमित्त गत आर्थिक वर्षमै निकासा भएपनि प्रधानाध्यापक विद्यासागर चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ पोखरेल र केही शिक्षकले व्यक्तिगत खर्च गरेको शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका सामाजिक परीक्षण समिती संयोजक मोती राजवंशीले बताए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला