नेविसंघबारेको विवाद मिलाउन नसकदाँ काँग्रेस केन्द्रिय समितिको बैठक बस्न सकेन्

ZEN Travels

काठमाडौं ।

विघटनको संघारमा पुगेको नेपाल विद्यार्थी संघको महाधिवेशनकाबारेमा निर्णय गर्न शनिबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

नेविसंघको विधानमा प्रक्रियागत सहमति खोज्ने भन्दै बैठक आइतबारसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नेविसंघको महाधिवेशनका विषयमा कुरा मिल्न नसकेपछि केन्द्रीय समिति बैठक बस्न नसकेको हो ।

आफूअनुकूलको निर्णय हुनुपर्ने भन्दै शनिबार दिनभर नेविसंघका दुवै पक्षका विद्यार्थीले पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका थिए ।

सभापति शेरबहादुर देउवा अहिलेकै नेतृत्वमा अधिवेशन गराउने पक्षमा छन् । वरिष्ठ नेता पौडेल पक्षधरहरु भने तदर्थ समिति बनाएर अधिवेशन गराउने दाउमा छन् ।

नेविसंघबारे शनिबारको केन्द्रीय समितिमा तीन विकल्पमा छलफल हुने बताइएको थियो ।

नेविसंघ अध्यक्ष नैनसिंह महर नेतृत्वको वर्तमान समितिको म्याद थप गर्ने, समिति भंग गरेर अहिलेकै सभापतिको नेतृत्वमा निश्चित समयलाई तदर्थ समिति बनाउने या नयाँ समिति गठन गर्नेबारे निर्णय लिने भनिएपनि नेताहरुबीच सहमति हुन सकेन ।

३२ वर्षे उमेरहद तोकेपछि नेविसंघभित्रमात्र नभइ पार्टीका शीर्ष नेतृत्व तहमासमेत विवाद बढ्दै गएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला