ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह

ZEN Travels

पर्वत ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकामा सञ्चालित ख्वांजु क्लिनीकलाई ५० शैयाको सामुदायिक अस्पताल बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।
पर्वतको मोदी गाउँपालिकामा सञ्चालित ख्वांजु क्लिनको दोस्रो बार्षिकोत्सब तथा निशुल्क स्वास्थ्य शिबीरको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न आग्रह गरेका थिए । कोरियाको ख्वांजु महानगरको सहयोगमा सञ्चालित क्लिनकलाई गाउँपालिकाले समेत सहयोग गरेर ५० शैयाको सामुदायिक अस्पताल बनाउन आफुँले पनि पहल गर्ने आश्वासन दिए । प्रदेश सरकारले बढी दुर्घटना हुने र सवारी चाप हुने राजमार्गमा हाइवे ट्रमा सेन्टरको रुपमा स्थापना गर्ने कार्यक्रम भएकाले मध्यपहाडी लोकमार्गमा पर्ने डिमुवामा उक्त सेन्टर उपयुक्त बिकल्प भएको भनाई थियो ।
अर्को प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सीनाले संघीय संसदको आगामी हिउँदे अधिबेशनबाट मुलुकका तीन वटै तहलाई आवश्यक पर्ने सबै कानुन बनाउने बताए । कानुनको अभाबमा काम रोकिने अवस्थाको अन्त्य गर्न संघीय संसदले सबै कानुन निर्माण र परिमार्जन गर्ने बताएका हुन् ।
‘अहिले सम्म कानुनको अभाबमा तीन वटै तहका सरकारले चाहे जति काम गर्न नसकेको अवस्था छ।’ उहाँले भन्नुभयो ‘यसपटकको हिउँदे अधिबेशनको पहिलो प्राथमिकता नै मुलुकका लागि आवश्यक सबै कानुन बनाउने भएकाले सबै तहले काम गर्न सक्ने वातावरण बन्छ ।’ आगामी पुसदेखि संघीय संसदको हिउँदे अधिवेशन बोलाइने बताउँदै अध्यक्ष तिमिल्सीनाले ३ सय ३९ वटा ऐनलाई संशोधन गर्ने तथा थप १ सय २४ वटा नयाँ कानुन निर्माण गर्ने काम हिउँदे अधिबेशनमा गरिने जानकारी दिए ।
कानुन अभाबमा प्रदेश सरकार र स्थानिय तहका काम प्रत्यक्ष प्रभावित भएकाले प्रदेश सरकारका लागि आवश्यक १८ वटा कानुन हिउँदे अधिबेशनबाटै पारित गरि काम गर्न सहज बनाईने आश्वासन पनि दिए ।
दुई दिन सम्म चल्ने उक्त शिबीरमा बरिष्ठ मुटुरोग सर्जन अनिल भट्टराई सहित नेपाली चिकित्सक र कोरियाबाट आएको बिशेषज्ञहरुको टोलीले स्वास्थ्य परिक्षण र उपचार गर्नेछन । उपचारकालागि पर्वतको मोदीगाउँपालिका, कुस्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाका सयौ बिरामी आइपुगेका छन । कोरियाको ख्वांजु महानगरको सहयोगमा सञ्चालित उक्त क्लिनीकमा दैनिक ३० जना बिरामीले उपचार गर्दै आएको समग्र स्वास्थ्य नेपालका अध्यक्ष रुद्र शर्माले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला