पर्वतसेवा समाज युएईद्धारा पिसावनलीमा समस्या भएका तिबारीलाई उपचारार्थ आर्थिक सहयोग ।

ZEN Travels

पर्वत ।
पर्वतसेवा समाज युएईले कुश्मा नगरपालिका १० माझि गाउँका पिसावनलीको समस्याबाट पिडित मोहदत्त तिवारीलाई उपचारार्थ आर्थिक सहयोग गरेको छ ।
तिबारीको उपचारमा आर्थिक सहयोग गर्न पर्वतसेवा समाज युएईले २३ हजार ३ सय ५० रुपयाँ सहयोग गरेको छ । सहयोग हस्तान्तरणमा बोल्दै प्रमुख अतिथी निवृत शिक्षक तथा समाजसेवी हरिकृष्ण चापाँगाईले पर्वतसेवा समाजमा आवध सदस्यहरुले आफुले दुःख गरेर कमाएको रकम समेत पिडामा परेका तिबारीलाई सहयोग स्वरुप प्रदान गरेको भन्दै प्रशंसा ब्यक्त गरेका थिए । उनले पिसावनलीको समस्याबाट पिडित मोहदत्त तिवारीको शिघ्र स्वास्थय लाभको कामना गरेका छन् ।
विगत २ बर्षदेखि पिसाव नलीमा समस्या भई तिबारी उपचारको अभावमा थला परेका हुन । आर्थिक अवस्था कम्जोरभएका कारण उपचार गर्न नसकेको परिवारले जनाएको छ । तिवारीका १ श्रमिती र १ छोरी छन् । मज्दसरी गरेर श्रमितीले परिवारलाई पाल्दै आईरहेकी छन् ।
आर्थिक सहयोग कार्यक्रमको अध्यक्षता पर्वतसेवा समाज युएईका अध्यक्ष परशुरा पौडेलले गरेका थिए । भने,कार्यक्रमको सञ्चालन माहसचिव सचिव कमल लामिछानेले गरेका हुन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममन कुश्मा १० का बासिन्दाहरुको उस्तिथ रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला