पृथ्वीसुब्बा गुरुङ भन्छन्ःसमृद्धि कृषिबाटै खोजौ

ZEN Travels

लमजुङ –

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिबाटै समृद्धि खोज्नुपर्नेमा जोड दिएका छन्। मस्र्याङ्दी गाउँपालिकाले आयोजना गरेको प्रथम ‘मस्र्याङ्दी महोत्सव’को आज उद्घाटन गर्दै उनले प्रत्येक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाइनुपर्ने बताए ।

गण्डकी प्रदेशका ३०० गाउँमा होमस्टे सञ्चालन गर्ने योजनासहित ३० करोड बजेट विनियोजन गरिएको उनले जानकारी गराए । प्रदेशका ५० हजार मासिनलाई स्वरोजगार बनाउने प्रदेशको योजना रहेको उनले बताए।

“गाउँमा आउने पाहुनालाई स्वागत सत्कार र होमस्टेमा बासको व्यवस्था तपाईंले गर्नुस्, होमस्टेसम्म पुग्ने पूर्वाधार निर्माण गर्न प्रदेश सरकार तत्पर छ ।”, उनले भने, “नेपालकै पहिलो होमस्टे सिरुवारी होमस्टेका रुपमा देश तथा विदेशसम्म प्रचार भएको एशियाकै नमूना होमस्टे लमजुङको घलेगाउँमा छ ।”

अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिकाको मुख्य आम्दानी कृषि र पर्यटन भएको उनको भनाइ थियो । उक्त महोत्सवमा गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, धनञ्जय दवाडी र मधु अधिकारी गुरुङले गाउँपालिकाको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । महोत्सव मङ्सिर ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला