गोरखाली समाज फ्रान्सबाट सिंराञ्चोकबासीलाई आर्थिक सहयोग

ZEN Travels

गोरखा जिल्ला, सिरानचोक गाऊपालिका(४ निवासी श्री शिव हमाल तथा श्रीमती प्रतिमा हमाल देवकोटाका वर्ष १२ का सुपुत्र प्रसिद्ध हमालको दुवै मृगौलामा समस्या देखिई फेर्नु पर्ने भएकोले सम्वन्धित परिवारको आर्थिक अवस्था कमजोर भएको र सहयोगकोलागि यस समाजलाई अनुरोध गरे अनुसार गोरखाली समाज फ्रान्सले फ्रान्समा बस्ने सम्पुर्ण नेपालीहरुमा सहयोगको अपिल गरेको थियो। फ्रान्सका बिभिन्न सहयोगी मनहरु, नेपाली संघ संस्था हरु बाट जम्मा १४५६€९एक हजार चार सय छपन्न यूरो० ९नेपाली रू।१,८७,४००र(९एक लाख सतासी हजार चार सय० आर्थिक सहयोग संकलन भएको थियो। संकलित रकम गोरखाली समाज फ्रान्सका सल्लाहकार श्री सुक गुरुंगको धर्मपत्नी तथा यस समाजकी बरिष्ट सदस्य (स्श्रीमती बर्ताकुमारी गुरुंगको हातबाट मेघा टेलिभिजनको कार्यालय, काठमाडौंको कार्यकक्षमा बिरामी तथा त्यहाँका पदाधिकारीहरूको उपस्थितिमा संबन्धित परिवारलाई हस्तान्तरण गरेको छ । यस रकम संकलनको संयोजन गोरखाली समाज फ्रान्सका सदस्य श्री सुजन बाँनिया ले गर्नुभएको थियो। यस पुण्य कार्य प्रति गोरखाली समाज फ्रांन्स र हमाल परिवार आभार प्रकट गर्दछ।

गोरखाली समाज समाज फ्रान्सको स्थापना काल को ८र९ महीना भित्रमा यो पुण्डय कार्य समाजको चौथो कार्य हुन आएकोछ । गतः जुलाई महिनाको शुरुमा बन भोज कार्यक्रम् गरेर आफ्नो सामाजिक क्रियाकलाप र परिचय स्थापना गरेको समाजले जुलाइकै अन्त्यमा पूर्ब प्रधान मन्त्री एबम गोरखाका सांसद डा। बाबुराम भट्टराई र गैर आबासीय नेपाली संघ अन्तर्राष्टिय अध्यक्ष गोरखाली भवन भट्टलाई पेरिसमा स्वागत गरेर अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो भने गतः आइतबार ११ नोभेम्बरका दिन पेरिसमा भब्य देऊश्री( भैली कार्यक्रम पनि उल्लासमय बाताबरणमा सम्पन्न गरेकोछ । ज्ञात हवस कि गोरखा जिल्लाको बिकास निर्माणमा र गोरखालीको सुख दुखमा सहयोग गर्नु र फ्रान्समा बस्ने गोरखालीलाई सक्दो सहयोग गर्नु गोरखाली समाजको प्रमुख उदेश्य मध्य एक रहेको छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला