आर्दशमा स्क्राबल प्रतियोगिता सम्पन्न,शनिबार पोखरामा फाइनल,बिजेता वंग्लादेशको अन्तराष्ट्रिय प्रतियोगितामा जाने ।

ZEN Travels

पर्वत ।
अगं्रजी शब्दकोष वढाउन कुश्मामा जिल्ला स्तरीय स्क्राबल प्रगियोगिता सम्पन्न भएको छ ।स्क्रावल एशोसिएसन नेपालको आयोजना र आर्दश मावि कुश्माको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा ६ वटा विद्यालयका प्रतियोगीहरुले भाग लिएका थिए । स्क्राबल प्रगियोगितामा आर्दश माविका सुर्यचन्द्र रेग्मी,नमूना माविका सन्देश पौडेल,निरञ्जन पौडेल,गणेश मावि बाग्लुङका बिराट सापकोटा चयन भएका छन् । चयन भएका ४ जना शनिबार सान नेपालको आयोजन अमेरिकन स्पेसको सहयोगमा सम्पन्न हुने प्रतियोगितामा भाग लिने छन् ।भने,पोखरामा आयोजना हुने प्रतियोगिताबाट च्याप्यन भएमा वंगालदेश हुने अन्तराष्ट्रिय च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।
शुक्रबार सम्पन्न भएको प्रतियोगिताका प्रमुख अतिथी हिमबाहुर पौडेलले सो अबसरमा बोल्दै स्क्राबल आफैमा शब्द कोष वढाउँने शैक्षिक खेल भएको बताए । उनले यो प्रतियोगिताले मनोरञ्जन सँगै शब्दको क्षमता बद्धि गर्न टेवा पुग्ने बताएका थिए । सम्पन्न,स्क्राबल प्रतियोगितामा बसन्त बहादुर सि. के, प्याव्सन पर्वतका अध्यक्ष बसन्तकुमार कर्माचार्य,नेल्टा पर्वतका अध्यक्ष देव शर्मा,कुश्मा नगरपालिका प्याब्सन अध्यक्ष इन्द्रमान खत्री, सानका प्रतिनिधि सदस्य आसिस पौडल शिक्षक कमल थापा लगायतले बोल्दै शुभकामना दिएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला