यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो

प्रकाशित मिति: ३० चैत्र २०७७, सोमबार ०४:०५

यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेको छ । कात्तिक महिनादेखि हिजोसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले जनाएको छ ।

यसपटक सात प्रदेशका ७७ वटै जिल्लामा डढेलो लागेको छ । कति क्षेत्रफल जमिनमा डढेलो लाग्यो भनेर तथ्याङ्क सङ्कलनको काम भइरहेको  प्राधिकरणका उपसचिव सुन्दर शर्माले जानकारी दिनुभयो ।डढेलोबाट पाँच जनाको ज्यान गएको छ भने हजारौँ पशुपक्षी तथा हजारौँ हेक्टर जमिनमा क्षति पुगेको छ ।

नयाँ घाँस पलाउने आशामा नागरिकले डढेलो लगाउँदा त्यसले ठूलो क्षति निम्त्याइरहेको  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । यसपटकको इतिहासकै धेरै डढेलो लाग्नुमा मानवीय लापरबाही देखिएकाले जानाजान डढेलो लगाउनेलाई तत्कालै कारबाही गर्ने पनि उहाँले चेतावनी दिनुभयो ।

 

(Visited 29 times, 1 visits today)

३० चैत्र २०७७, सोमबार ०४:०५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....