पर्वतका सामूदायिक विद्यालयमा स्मार्ट कक्षा प्रइयोजना आर्कषण बन्दै

ZEN Travels

पर्वत ।
गत १ बर्षदेखि पर्वत सहित कास्कीका २३ बटा सामूदायिक विद्यालयमा सञ्चालनमा रहेको स्र्माट कक्षा प्रइयोजना कार्यक्रम प्रभावकारी देखीएको छ । गुड नेर्बस इन्टिरनेश्नल नेपालको प्राविधिक सहयोग र सोडेक नेपालको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो ।
स्मार्ट कक्षा केन्द्रित शिक्षण सिकाइ तथा डिजिटल शिक्षा सिकाईको तालिम पर्वतमा यही मंसिर २ देखि ९ गते सञ्चालन भएको हो । कार्याक्रम कुश्मा नगरपालिका,मोदी गाउँपालिका र फलेवास नगरपालिका सहितका सामूदायिक विद्यालयहरुमा लागु भएको छ । आईतबार तालिमको समापन गर्दै प्रमुख अतिथी फलेवास नगरपालिकाका मेयर पद्मपाणी शर्माले स्र्माट कक्षा प्रइयोजना निकै प्रभावकारी सावित बनाउँन आग्रह गरेका छन् । मेयर शर्माले यो कार्यक्रम समूदायमा रहेका सामूदायिक व्द्यिालयहरुले माग गरेको खण्डमा हरेक पालिकाले सञ्चालनमा ध्यान दिन सकेमा शिक्षाको बिकासमा प्रभावकारी सावित हुन सक्ने बताए । उनले सो अवसरमा वोल्दै स्मार्ट कक्षा प्रइयोजना कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीहरुको आर्कषर्ण सामूदायिक विद्यालयहरुमा बढ्न थालेको र शिक्षण सिकाइमा पनि परिर्बतन आऊनु निकै सफल अभ्यासको थाल्नी भएको बताए ।
समापन समारोहका बिशिष्ट् अतिथी मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले मोदी गाउँपालिकाले पालिका भित्र गाउँपालिकाले सामूदायिक विद्यालयमा शिक्षाको अवस्था, पूर्वाधारको समस्या लागयतको डाटा संकलन गरेको बताउँदै समाधान तर्फ गाउँपालिका केन्द्रित हुन लागेको पनि वताए । भने,स्मार्ट कक्षा प्रइयोजना कार्यक्रमले विद्यार्थीहरुको संख्यामा मात्र परिवर्तन नगरी गुणस्तरीयतामा पनि बृद्धि गर्न टेवा पु¥याउनुपर्ने भनाई राखे ।
सो,क्रम्मा बोल्दै गुड नेर्बस इन्टिरनेश्नल नेपालका प्रइयोजना प्रमुख शंकर सुवेदीले समार्ट कक्षा कार्याक्रम क्रमैसंग देशभरी लौजान बताएका छन् । स्मार्ट कक्षा प्रइयोजना कार्यक्रम सञ्चालनले विद्यार्थीहरुको शिक्षण सिकाई सगैं आफ्नो पढाउने कलामा निखारता आएको तालिममा सहभागी भएकाहरुले बताएका थिए । यो कार्यक्रम यहाँका १० बटा सामूदायिक विद्यालयहरुले सञ्चालन गर्दै आईरहेको सो अबसरमा जानकारी गराइएको छ । सो,अबसरमा देशभरमा स्मार्ट कक्षा प्रइयोजनाको कार्यक्रम सञ्चालन गरेका विद्यालयहरु विचमा भएको कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेका शालिजा माविका विद्यार्थी जीवन विकलाई पुरस्कार प्रदान भएको थियो ।
सामूदायिक विद्यालय स्र्माट कक्षा प्रइयोजना कार्यक्रम सोडेक नेपालका संयोजक देवी प्रसाद तिमिल्सिनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम्मा जिल्ला शिक्षा समन्वय ईकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेल,साझा शिक्षा इ–पार्टीका तालिम प्रशिक्षक कल्पना रिमाल,तालिममा सहभागी शिक्षक गोविन्द् सुवेदी,सोडेक नेपालका कर्मचारी ऋिषीराम भूषाल लगायतले बोलेका थिए । कार्यक्रममा प्रइयोजना सञ्चालन गरेका सामूदायिक विद्यालयहरुका बाल समूहमा आबध विद्यार्थी,शिक्षक शिक्षिका तथा विद्यालय व्यवस्थापन समितिका ब्यक्तिहरुको सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा स्र्माट कक्षा प्रइयोजना सञ्चालन गरेका पर्वतका भुक्ताङ्गले मावि,लिमिठाना मावि र खरिबोट देव् शर्मा प्राविका विद्यालयका शिक्षक प्रतिनिधीलाई स्र्माट कक्षा र पाठ्यक्रममा आधारीत सामाग्री प्रदान गरिएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला